![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा आएको गिरावटले लगानीकर्ता त्रसित बन्दै गएका छन् ।
बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आउनुका साथै कारोबार रकममा पनि निकै गिरावट आएको छ । जसले गर्दा लगानीकर्ता त्रसित बन्दै गएको जानकार लगानीकर्ताको तर्क छ । बजार मापन गर्ने सूचक ११.९७ अंकले गिरावट आएर परिसूचक १९३९.८८ बिन्दुमा रोकिएको छ ।
२२४ कम्पनीको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको मात्रै कारोबार भएको छ । अघिल्ला दिनहरुमा दैनिक १ अर्ब भन्दा बढीको कारोबार हुने गरेको थियो । बजारमा दोहोरो अंकको गिरावट आउँदा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।
बैंकिङ समूहको उपसूचक ५.३९, विकास बैंक ३७.२४, जलविद्युत २१.१९, फाइनान्स ३३.९, माइक्रोफाइनान्स ३२.३२, जीवन बीमा समूहको उपसूचक ३६.२५ बिन्दुमा रोकिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/image-10-595x768.png)
SHARE YOUR THOUGHTS