पुँजीबजारमा विदेशी संस्थालाई लगानी गर्न दिनुपर्छ: पूर्वअर्थमन्त्री खतिवडा « Eglish Khabarhub

पुँजीबजारमा विदेशी संस्थालाई लगानी गर्न दिनुपर्छ: पूर्वअर्थमन्त्री खतिवडा



काठमाडौं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडा पूँजीबजारमा विदेशी संस्थागत लगानीकर्ता ल्याउनु पर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले संस्थागत लगानीकर्तामार्फत् पुँजीबजारमा लगानी ल्याउनु पर्ने खतिवडाले बताएका हुन् ।

‘साना आयोजनाका लागि पैसा समस्या नभए पनि ठुला परियोजना विदेशी लगानी ल्याउँदा ब्याजदरमा हुने उतारचढाव र सटही दरको जोखिम हुन्छ,’ खतिवडाले भने ‘त्यसैले पुर्वाधारका क्षेत्रमा ॠणभन्दा पनि पुँजी लगानी ल्याउन सक्दा दिगो पुर्वाधार विकासमा योगदान दिन सक्छ।’

पुर्वाधार विकास गर्दा परियोजना बीचको सन्तुलन आवश्यक भएको खतिवडाको भनाइ छ। लाइसेन्स होल्ड गरेर मात्रै राख्ने प्रवृत्तिले पुर्वाधार विकास हुन नसक्ने खतिवडाले बताए ।

सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न समेत पुर्वाधारमा लगानी बढाउनु पर्ने खतिवडाले बताए ।

ञपर्यटन आय बढाउन पर्यटन पुर्वाधारमा लगानी बढाउनु पर्छ, विद्युत् बिक्री गर्न पनि जलविद्युत् पुर्वाधार लगानी बढाउनु पर्छ,झउनले भने ।

Publish on: