
काठमाडौं । सेयर बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ । बजारम गिरावट आएसँगै कारोबार रकमले साथ छोडदै गएको छ ।
साताको पहिलो दिन आइतबार बजार मापन गर्ने सूचक ११.४७ अंकले घटेर परिसूचक १९२६.२८ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०६ अंकले घटेर ३७४.७८ बिन्दुमा रोकिएको छ ।
२२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.३४, विकास बैंक ५३.४९, वित्त कम्पनी २२.५४, जलविद्युत ३४.२६, जीवन बीमा ३९.६९, माइक्रोफाइनान्स ३६.६२, निर्जीबन बीमा ३८.४५ र टे«डिङ समूहको उपसूचक ११.१८ अंकले घटेको छ ।
कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड–२, युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् भने सानिमा लार्ज क्याप फण्ड, छ्याङदी हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाईड्रो, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा यो दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यो दिन ३ करोड ९५ लाख ७८ हजार ४७१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र रिडी पावर कम्पनी रहेको छ ।

SHARE YOUR THOUGHTS