![](https://internal.appharu.com/wp-content/uploads/2022/09/MOU_IMEPay_Crystal-768x576.jpeg)
काठमाडौं । आईएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ ।
दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आईएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउसक्ने कम्पनीले जनाएको छ ।
हालको निम्ति ३ महिनाको लागि मात्र गरिएको यस सम्झौतामार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने आईएमईले जनाएको छ ।
SHARE YOUR THOUGHTS