चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा ‘प्यान’ अनिवार्य « Eglish Khabarhub

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा ‘प्यान’ अनिवार्य



काठमाडौं । चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर पेस गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेस गर्नुपर्ने र विक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री विजकमा उल्लखे गर्नुपर्नेछ,’ जारी सूचनामा उल्लेख छ ।

Publish on: