![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजारमा शुक्रबार हुने कारोबार आज नै अन्तिम दिन हो । असोज पहिलो शुक्रबारदेखि सेयर कारोबार बन्द हुने भएको छ ।
सरकारले जेठ ६ गतेदेखि बिना आधार हचुवाको भरमा शुक्रबार कारोबार सुरु गरेको थियो । सरकारले जेठ १ गतेदेखि शनिबार सहित आईतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै आइतबार कारोबार बन्द गरेर शुक्रबार बार गरिएको थियो । सरकारले आइतबार दिने सार्वजनिक विदा फिर्ता लिइसकेको छ ।
धितोपत्र बोर्डले मौखिक रुपमा दिएको निर्देशनसँगै शुक्रबार खुलेको कारोबार बोर्डले मौखिक रुपमा दिएको निर्देशनसँगै बन्द भएको छ । शुक्रबार हुँदै आएको कारोबारको अन्तिम दिन लगानीकर्ता निरास बनेका छन् ।
बजार मापन गर्ने सूचक १४.१० अंकले बढेर परिसूचक १९१०.३८ बिन्दुमा रोकिएको छ । २२० कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ६.८७, विकास बैंक ४४.०१, वित्त कम्पनी २२.४१, जलविद्युत २५.२४, जीवन बीमा २२.२६, उत्पादन तथा प्रशोधन ५५.८९, माइक्रोफाइनान्स ४३.८६, निर्जीबन बीमा समूहको उपसूचक २७.३५ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा बुद्धभुमी नेपाल हाईड्रोपावर, अपर हेवाखोला हाईड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले कमाएका छन् भने मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर, अपर सोलु हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS