संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस « Eglish Khabarhub

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस



काठमाडौं । संसद अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरातदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २-३ मा बुझाउने निर्वाचन कार्यतालिका रहेको छ ।

सो अघि नै प्रतिनिधि सभाको आयु सकिने भएसँगै सरकारले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

Publish on: