![](https://internal.appharu.com/wp-content/uploads/2022/09/Screen-Shot-2022-09-15-at-20.23.54-768x433.png)
काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला पुरेर बनाइएका घरहरु नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासमेत तीन जनाले शुक्रबार दर्ता गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिका- ७ मा टुकुचा खोला माथि बनेका घरहरु कानुनी प्रकृया पूरा नगरि र उचित क्षतिपूर्ति नदिई नभत्काउन अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
SHARE YOUR THOUGHTS