संविधान दिवसको अवसमा ८३ जना व्यवसायी र बैंकर राष्ट्रपतिबाट सम्मानित « Eglish Khabarhub

संविधान दिवसको अवसमा ८३ जना व्यवसायी र बैंकर राष्ट्रपतिबाट सम्मानित



काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा ८२ जना उद्योगी, व्यवसायी, बैंकर्स, पर्यटन व्यवसायी, कृषि उद्यमीहरुलाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ ।

सरकारले सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, विकास रत्न पदक, राष्ट्र यशोवद्र्धक पदकमार्फत विभूषित गर्न लागेको हो ।

विभूषित हुनेहरुमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना र एनएमबि बैंकका सीईओ सुनिल केसी लगायत रहेका छन् ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सुकीर्तिमय राष्ट्रदीप पदक विभूषित हुने भएकाछन् । बागलुङ अमलाचौरका ढकाललाई संविधान दिवसको अवसरमा सरकारले उक्त पदक दिने घोषणा गरेको हो । यस्तै सुकीर्तिमय राष्ट्रदीप पदकबाट पशुपति मुरारका विभूषित हुने भएका हुन् ।

यस्तै सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित हुनेमा उद्योगी तथा व्यवसायीमा कुशकुमार जोशी, कुसुम लामा सुप्रबल जनसेवाश्री पदकमार्फत् विभूषित हुनेमा कुश कुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, राम थापा, रामबहादुर कोइरी, शशीधर शर्मा, अरुण कुमार केसी, जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुङगटा, बेनिगोपाल मून्दडा, मारिया डेल पाइलर एसोसिएट लेरा, सृजना(मल्ल) राणा रहेका छन् ।

यस्तै प्रवल जनसेवाश्री पदक पाउनेमा सहकारी बैैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल तथा उद्याेगी/ व्यवसायी नवराज पाण्डे, बिन्दु गुप्ता, सुशिल कुमार गोयन्का, यादव कुँवर, महेन्द्र कुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, खेम बहादुर केसी, भरत प्रसाद पराजुली, सुनिल कुमार वंशल, विनोद थकाली, ओमकार गौचन, कृषि व्यवसायी गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, धुर्व न्यौपाने, दिपेन्द्र कुमार कलवार, बालकृष्ण भुसाल, प्रतापजङ्ग पाण्डे रहेका छन् ।

यस्तै डा. सुबोध कुमार गुप्ता, राजकुमार केसी, डा. सुवोध कुमार गुप्ता, भीम प्रसाद घिमिरे,सीताराम उप्रेती, राजेन्द्र प्रसाद अर्याल, सुरेन्द्र कुमार गोयल, चतुर्भुज अग्रवाल, नरेश श्रेष्ठ, खुम सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार वैद्य, प्रेम कुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी (माधब), दिपक कुँवर, सुरकृष्ण वैद्य, शुशिल कुमार गोयन्का, यादव कुँवर, ओमकार गौचन, पवनकुमार अग्रवाल, डा. शान्तकुमार उपाध्याय, लक्ष्मी शर्मा र कुमुद कुमार दुगड रहेका छन् ।

जनसेवाश्री पदक पाउनेमा गणेश कार्की, मिलन बाबु मल्ल, कृष्ण मुरारी अग्रवाल, जीवकान्त काफ्ले, पुरी चन्द्र देवकोटा, ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमन बिक्रम पाण्डे, मान सिंह साउद, मिङमा शेर्पा, अस्मीलाल भट्टराई, राजु कार्की, राजेन्द्र कुमार अग्रवाल रहेका छन् ।

यस्तै राष्ट्र यशोवद्र्धक पदकबाट सम्मानित हुनेमा मनिराम पोख्रेल, संचित बज्रचार्य, दिनेश थकाली, रुकमिणा कुमारी ज्ञवाली रहेका छन् ।

यस्तै नेपाल सेवा प्रवीण पदकबाट उद्योगी नवराज श्रेष्ठ, समाजसेवा रत्नबाट अम्बिका शर्मा लामिछाने, रुक्मणी देवकोटा तथा विकास रत्न पदकबाट विनायक शाह, मोहनराज ओझा, कुलचन्द्र ज्ञवाली, दिनेशकुमार महतो, शिक्षा भट्टचन, टीका बहादुर श्रेष्ठ, आङ गेल्बु शेर्पा, मनोज कुमार भारती, यमुना श्रेष्ठ र दीपक नेपाल सम्मानित हुने भएका छन् ।

Publish on: