सेयर बजारसँगै घट्यो कारोबार रकम « Eglish Khabarhub

सेयर बजारसँगै घट्यो कारोबार रकम



काठमाडौं । सेयर बजारमा झनै गिरावट देखिन थालेको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घट्न थालेको छ । बजार मापन गर्ने सूचक ९.८३ अंकले घटेर परिसूचक १८३८.९६ बिन्दुमा रोकिएको छ ।

यो दिन बजारमा गिरावट आउँदा कारोबार रकम पनि निकै घटेको छ । २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँको कारोबार भएको छ । यो दिन कारोबार रकम पनि निकै घटेको छ ।

बजारमा आएको गिरावटसँगै सबै समूहको उपसूचक पनि राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक ०.२२, विकास बैंक २७.३५, वित्त २४.१०, जलविद्युत समूहको १९.५८, जीवन बीमा समूहको ४१.७९, उत्पादन तथा प्रशोधन समूहको ३२.७३, माइक्रोफाइनान्स ४३.२९, निर्जीबन बीमा ५८.५७, अन्य समूहको उपसूचक १३.०९ अंकले घटेको छ ।

बजारमा गिरावट आउँदा सामलिंग पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै लक्ष्मी इक्विटी फण्ड, लक्ष्मी उन्नती कोष, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्टिक–२, अपर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने प्रभु बैंकको ऋणपत्र–२०८४,ग्रामिण ऋणपत्र २०८५ मा नकारात्मक सर्किट लागेको छ ।

बिन्दाबासिनी हाईड्रोपावर, स्वेत गंगा हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ५८ लाख ६८ हजार ७६१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा बोटलर्स नेपाल (तराई) र अपी पावर कम्पनी रहेका छन् ।

Publish on: