नेपालको कार्पेट विश्वका कुन-कुन देशमा हुन्छ निर्यात ? « Eglish Khabarhub

नेपालको कार्पेट विश्वका कुन-कुन देशमा हुन्छ निर्यात ?


१४ आश्विन २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालबाट अर्बौ रुपैयाँको निर्यात हुने वस्तु निकै कम छ । आन्तरिक उत्पादनको अवस्था निकै कमजोर हुँदा नेपालबाट निर्यात हुनेमध्ये आधाभन्दा बढी आयात भई प्रशोधन गरेर निकासी हुने तेलको हिस्सा छ ।

त्यस्तै, नेपालबाट निर्यात हुने वस्तुमध्ये व्यापारघाटा कम गर्न ठूलो योगदान पुर्याउँदै आएको वस्तु कार्पेट हो । नेपालबाट निर्यात हुने वस्तुमा दोस्रो स्थान रहेको कार्पेट विश्वका विभिन्न कुनामा पुग्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले चालु आर्थिक वर्षको २ महिनाको अवधिमा २८ अर्बको वस्त् निर्यात गर्दा पामोलिन तेलपछि सबैभन्दा बढी कार्पेट निर्यात भएको छ । भन्सार विभागकअनुसार दुई महिनाको अवधिमा नेपालबाट २ अर्ब २८ करोड ३९ लाख ४७ हजार रुपैयाँको २ लाख ८७ हजार ५० स्क्वारमिटर कार्पेट निर्यात गरेको छ ।

त्यसैगरी, सो अवधिमा नेपालबाट ४४ वटा देशमा कार्पेट निर्यात गरेको छ । तर, नेपालबाट सबैभन्दा बढी अमेरिकामा कार्पेट निर्यात हुँदै आएको विभागले जनाएको छ ।

नेपालले २ महिनामा १ अर्ब ४१ करोड ७४ लाख ३८ हजारको ४७ हजार ५४ स्क्वायरमिटर कार्पेट निर्यात गरेको छ । त्यस्तै, बेलायतले १५ करोड ५१ लख रुपैयाँको २२ हजार रुपैयाँको ४५ सय १४ स्क्यारमिटर कार्पेट निर्यात गरेको छ ।

नेपालले सो अवधिमा २ करोड ९४ लाख ५० हजार रुपैयाँको अष्ट्रेलियामा, १ करोड ९१ लाख ७८ हजार रुपैयाँको अष्ट्रियामा, ४ करोड ११ लाख ४५ हजार रुपैयाँको बेल्जियम, १० लाख ३६ हजार रुपैयाँको ब्राजिलमा, ५ करोड ५८ लाख रुपैयाँको क्यानाडामा, ६ लाख ९ हजार रुपैयाँको चिलेमा र चीनमा ३ करोड ८५ लाख ८१ हजार रुपैयाँको निर्यात गरेको छ ।

त्यसैगरी, २७ लाख ९१ हजार रुपैयाँको डेनमार्कमा, १३ लाख ३६ हजार रुपैयाँको इस्टोनिया, २ लाख ५७ हजार रुपैयाँको फिनल्यान्डमा, ५ करोड २० लाख रुपैयाँको फ्रान्समा, १७ करोड ५८ लाख रुपैयाँको जर्मनीमा, ५४ लाख ३९ हजार रुपैयाँको हङकङमा, ६ करोड ४७ लाख ८० हजार रुपैयाँको भारतमा, ८ लाख ८२ हजार रुपैयाँको इन्डोनेसियामा, ६ लाख ४४ हजार रुपैयाँको आयरल्यान्ड र ८ करोड २० लाख ४८ हजार रुपैयाँको इटलीमा कार्पेट निर्यात गरेको छ ।

त्यस्तै, ६० हजार ९८ करोड रुपैयाँको जापानमा, १५ लाख ५१ हजार रुपैयाँको दक्षिण कोरियामा, १ लाख ७६ हजार रुपैयाँको कुवेतमा, ४ लाख १६ हजार रुपैयाँको लातभीयामा, १६ लाख ४३ हजार रुपैयाँको लेबनानमा, १ लाख ५९ हजार रुपैयाँको लिइचटेन्स्टेनमा, १ लाख ६१ हजार रुपैयाँको लिथुयनियामा। १४ लाख रुपैयाँको मेक्सिकोमा र ४ लाख ७५ हजार रुपैयाँको मोनकोमा कार्पेट निर्यात गरेको छ ।

नेदरल्यान्डमा ५४ लाख ४२ हजार रुपैयाँको, २७ हजार रुपैयाँको फिलिपिन्समा, १३ हजार रुपैयाँको पोल्यान्डमा, ९ लाख ७५ हजार रुपैयाँको रोमनियामा, १५ लाख ८१ हजार रुपैयाँको रसियन फेडेरेसन, २२ लाख ४२ हजार रुपैयाँको साउदी अरेबियामा, ७५ हजार रुपैयाँका सिंगापुरमा, १० लाख रुपैयाँको साउथ अफ्रिकामा, ३६ लाख ३९ हजार रुपैयाँको स्पेनमा कार्पेट निर्यात गरेको छ ।

साथै, २० लाख ८६ हजार रुपैयाँको स्वीडेनमा, ४ करोड ११ लाख २९ हजार रुपैयाँको स्वीजरल्यान्डमा, १४ लाख रुपैयाँको टर्कीमा, युएईमा २ करोड ५० लाख ३० हजार रुपैयाँको र उरुग्गेमा ४ करोड ८ लाख ७६ हजार रुपैयाँको कार्पेट निर्यात गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ००:००  १२ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping