७ इन्टरनेट सेवा प्रदायकको पकडमा देशभरका इन्टरनेट प्रयोगकर्ता, कुन कम्पनीका ग्राहक कति ? « Eglish Khabarhub

७ इन्टरनेट सेवा प्रदायकको पकडमा देशभरका इन्टरनेट प्रयोगकर्ता, कुन कम्पनीका ग्राहक कति ?


१३ आश्विन २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रविधिको विकाससँगै नेपालमा इन्टरनेटको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार पनि इन्टरनेटको प्रयोगकर्ता बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणअनुसार नेपालमा करिब १० वर्षको अन्तरालामा झण्डै २२ लाख प्रयोगकर्ता पुगिसकेको छ ।

एक दशकअघिसम्म १ लाख पनि प्रयोगकर्ता थिएनन् । तर, बढ्दो प्रविधिको विकासले १० वर्षमा नेपालले इन्टरनेट जडानमा ठूलो फड्को मारेको छ । साथै, १० वर्षअघिको तुलानामा इन्टरनेट सेवा प्रदायक संस्थाको संख्या पनि दोब्बरले बढेको छ ।

अहिले देशभर ६० वटा इन्टरनेट सेवा प्रदायक संस्था छन् । उक्त सेवा प्रदायक संस्थाहरुबीच उच्च प्रतिस्पर्धा छ । सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहक बढाउनका लागि विभिन्न अफर सार्वजनिक गर्दै आकर्षित गर्दै आएका छन् । साथै, सेवा प्रदायक कम्पनीहरुबीच मूल्यमा पनि उच्च प्रतिस्पर्धा भएकाले पछिल्ला दिनहरुमा सस्तोभन्दा सस्तो मूल्यमा इन्टरनेट जडान गरिरहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणअनुसार गत जेठसम्ममा देशभर २१ लाख ७४ हजार २६४ इन्टरनेट प्रयोगकर्ता पुगेको जनाएको छ । जसमा २३ हजार ३८७ जना प्रयोगकर्ताले वायरलेस, १ लाख ११ हजार ३५ जनाले केबल र २० लाख २५ हजार ८१६ जनाले फाइबरनेट जडान गरेका छन् । बजारमा उच्च प्रतिस्पर्धा भएकाले देशभर रहेका ६० वटा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले ग्राहकलाई आकर्षित गर्न लागि परेका छन् ।

त्यस्तै, देशभर अहिले ६० वटा इन्टरनेट सेवा प्रदायक छन् । तर, उक्त इन्टरनेट प्रदायक संस्थामध्ये ७ वटा संस्थाको पकडमा देशभरका इन्टरनेट प्रयोगकर्ता छन् । प्राधिकरणको तथ्याङ्कअनुसार गगत जेठसम्ममा देशभर करिब २२ लाख इन्टरनेट प्रयोगकर्ता पुग्दा ७ वटा कम्पनीको ग्राहकमात्रै १८ लाख ४२ हजार १२१ जना छन् । जुन ८५ प्रतिशत हिस्सा हो । अन्य ५३ वटा कम्पनीको जम्मा १५ प्रतिशत हिस्सा रहेको प्राधिकरणको तथ्याङ्कले उल्लेख गर्छ ।

प्राधिकरणअनुसार वल्र्डलिंक, नेपाल दुरसञ्चार कम्पनी, भायोनेट, सुबिसु, क्लासिक टेक, डिस मिडिया नेटवर्क र टेकमाइन्डस् नेटवर्कको पकटमा देशभरको ग्राहक रहेको जनाएको छ ।
गत जेठसम्ममा देशभर वल्र्डलिंक कम्यूनिकेशनको ६ लाख ४५ हजार ३६९ जना, नेपाल दूरसञ्चार कम्पनीको २ लाख ९८ हजार १६५ जना, भायोनेटको २ लाख २५ हजार ४६५ जना, सुबिसुको २ लाख ३२ हजार ४६८ जना, क्लासिक टेकको २ लाख ३० हजार ४७६ जना, टेकमाइन्ड्स नेटवर्कको १ लाख २ हजार २६१ जना र डिस मिडिया नेटवर्कको १ लाख ७ हजार ९१७ जना प्रयोगकर्ता छन् ।

अन्य ५३ इन्टरनेट सेवा प्रदायक कम्पनीको प्रयोगकर्ता कति ?

५३ वटा इन्टरनेट प्रदायक कम्पनीको देशभर जम्मा ३ लाख ३२ हजार १४३ जना प्रयोगकर्ता छन् । त्यसमध्ये, सबैभन्दा बढी वेब सर्फर नेपाल कम्यूनिकेशनको छ । सो इन्टरनेट प्रदायक संस्थाको ग्राहक देशभर ६१ हजार ९७५ जना छन् । त्यसपछि, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेशनको ५२ हजार ७५४ जना, सिम्पल मिडिया नेटवर्कको २२ हजार ९८६ जना, सीजी कम्यूनिकेशनको २२ हजार २९५ जना, कनेक्ट नेपाल नेटवर्क नेपालको १८ हजार ५७० जना, एरोनेट प्रालिको १८ हजार ३४१ जना, फाइबर वल्र्ड कम्यूनिकेशनको १६ हजार ४६२ जना र फस्र्ट लिंक कम्यूनिकेशनको १६ हजार ३५५ जना प्रयोगकर्ता छन् ।

त्यसैगरी, म्याक्स नेट सोलुसनको १२ हजार ५०० जना, पोखार इन्टरनेट प्रालिको ९ हजार ६०८ जना, लोप नेटवर्क प्रालिले ९ हजार ३५४ जना, नेट म्याक्स टेक्नोलोजिक्स प्रालिको ८ हजार ८६४ जना, प्राइम नेटवर्कको ४२ सय १ जना र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको प्रयोगकर्ता ३ हजारभन्दा कम छन् ।

वल्र्डलिंकको मात्रै ३० प्रतिशत हिस्सा

देशभर झण्डै २२ लाख इन्टरनेट प्रयोगकर्ता हुँदा ६० वटा सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा बढी ग्राहक वल्र्डलिंक कम्यूनिकेशनको छ । २०७९ को जेठसम्ममा वल्र्डलिंक कम्यूनिकेशनको देशभर ६ लाख ४५ हजार ३६९ प्रयोगकर्ता छन् । प्राधिकरणअनुसार वल्डलिंकको मात्रै इन्टरनेट सेवा प्रदायक क्षेत्रमा ३० प्रतिशत हिस्सा छ ।

सन् १९९६ मा स्थापना भएको वल्र्डलिङ्कले ३० प्रतिशत हिस्सा ओगटेसँगै नेपालकै सबैभन्दा ठूलो इन्टरनेट प्रदायक संस्थाको रुपमा अडा भएको छ । साथै, देशको टेलिकम सेवा प्रदायक संस्थामध्ये तेस्रो ठूलो टेलिकम कम्पनी संस्था बनेको छ । कम्पनीले विगत लामो सयमदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएकोमा सन् २०१९ मा मात्रै लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले ‘वल्डलिङ्क’ ब्रान्डमा देशभर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको २०६९ को चैतसम्ममा जम्मा १९ हजार ४५० प्रयोगकर्ता थिए । त्यो बेला बजारमा सबैभन्दा बढी ब्रोडलिंकको हिस्सा थियो । त्यस्तै, वल्डलिंकले २०७० को चैतसम्म आइपुग्दा एउटा पनि प्रयोगकर्ता बढाउन सकेनन् । त्यसपछि भने सन् २०७१ को चैतसम्ममा करिब २ हजार ग्राहक थप गरेका थिए । कम्पनीले पुनः २०७२ को अन्त्यसम्ममा कुनै ग्राहक थप्न नसकेको तथ्याङ्कले देखाउँछ ।

तर, २०७३ सालमा भने वल्र्डलिंकको ग्राहक ह्वात्तै बढेको देखिन्छ । २०७३ को चैतसम्ममा कम्पनीको देशभर ९४ हजार ८७५ ग्राहक भइसकेको थिए । त्यसपछि भने वल्र्डलिंकले आफ्नो हिस्सा बढाउँदै लगेको पाइन्छ । कम्पनीको २०७४ चैतसम्ममा १ लाख ९४ हजार ९०७ जना ग्राहक थिए भने २०७५ को चैतसम्ममा २ लाख ८६ हजार ७४६ जना प्रयोगकर्ता पुगिसकेको थियो ।

त्यसैगरी, २०७६ को चैतसम्ममा ३ लाख ९७ हजार ८९३ जना, २०७७ को चैतसम्ममा ४ लाख ६८ हजार ४६ जना, २०७८ को चैतसम्ममा ६ लाख ३० हजार २७९ जना र २०७९ को जेठसम्ममा वल्र्डलिंकको देशभर ६ लाख ४५ हजार ३६९ ग्राहक छन् । वल्र्डलिंकको देशभर २९६ जनाले वायरलेस इन्टरनेट जडान गरेका छन् भने ३३१ जनाले केबल र ६ लाख ४४ हजार ७४२ जनाले फाइबरनेट जडान गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार ००:००  ८ : १४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping