जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर एण्ड एग्रोले एकै वर्ष गरे साढे ४ अर्बको व्यापार « Eglish Khabarhub

जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर एण्ड एग्रोले एकै वर्ष गरे साढे ४ अर्बको व्यापार


१३ आश्विन २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर एण्ड एग्रोले एकै वर्ष साढे ४ अर्बको व्यापार गरेको छ । कम्पनीहरुले सन् २०२२ मा ४ अर्ब ३८ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीअनुसार सन् २०२२ मा जगदम्बा अटो ग्रुपले ३ अर्ब ३ अर्ब ४२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । त्यसैगरी, जगदम्बा फ्लोर एण्ड एग्रोले ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै सोही अग्रो कम्पनीले सन् २०२१ मा ९४ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

अटो कम्पनीले सन् २०२१ मा ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०१४ देखि नेपाली बजारमा सवारी साधनको व्यापार गर्दै आएको छ ।

कम्पनीले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको बिक्री वितरण गर्दै आएको छ । साहिल अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ८८ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि १ अर्ब ७२ करोड ११ लाख रुपैयाँ अर्थात् एफोर प्लसको रेटिङ गराएको छ ।

अटो कम्पनीले १०० सीसी््देखि ३१० सीसीसम्मको मोटरसाइकल, १०० सीसी र १२५ सीसीको स्कुटर र तीन पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले टीभीएस ब्रान्डको सवारी साधनको व्यापार गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा टीभीएस एटीओआरक्यू १२५ सीसीको सवारी साधनको उच्च बिक्री हुँदा व्यापारमा उछाल आएको छ । त्यसैगरी, अहिले सरकारले आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कम्पनीको व्यापारमा निकै असर देखिएको कम्पनीको भनाइ छ ।

त्यस्तै, जगदम्बा फ्लोर एण्ड एग्रो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ८४ लाख रुपैयाँ अर्थात् बी माइनस रअल्पकालीनकर्जाका लागि १ अर्ब २४ करोड १६ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

सुलभ अग्रवाल अध्यक्ष रहेको कम्पनीले नेपाली बजारमा मैदा, आँटा, सुजी, चोकरलगायत अन्य विभिन्न वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जगदम्बा ब्रान्डमा उक्त वस्तुहरु बिक्री गर्दै आएको छ । साथै, कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर शक्ति भोज ब्रान्डको आँटा पनि निर्यात गर्दै आएको छ ।

विभिन्न खाद्यान्न उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीको गहुँजन्य वस्तुको उत्पादन क्षमता ३८ हजार २०० मेट्रिक टन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार ००:००  १ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping