लघुबीमा कम्पनीको अनुमति माग्दै ३१ कम्पनीले दिए आवेदन (सूचीसहित) « Eglish Khabarhub

लघुबीमा कम्पनीको अनुमति माग्दै ३१ कम्पनीले दिए आवेदन (सूचीसहित)


१३ आश्विन २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लघुबीमाको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिमा आवेदन दिने अन्तिम समयसम्ममा लघुबीमाको लाइेसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका हुन् ।

बीमा समितिले भदौं १० गते लघुबीमा कम्पनी स्थापना गर्न आवेदन माग गरेको थियो । न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउन भन्दै समितिले लघुबीमा कम्पनी स्थापनाको कार्य अगाडि बढाएको थियो ।

समितिले लाइसेन्सको खुलाएको ३३ दिनपछि आवेदन पर्न थालेको थियो । उक्त ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीको आवेदन परेको थियो ।

आवेदन दिने आज अन्तिम दिनमा ३१ वटा कम्पनीको आवेदन परेको हो ।

जीवन लघु बीमा कम्पनीतर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

निर्जीवनतर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा रहेका छन् । यस्तै, केयर माइक्रो जनरल इन्स्योरेन्स ,स्टार माइक्रो, गण्डकी माइक्रो ,सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्स्प्रेसको आवेदन परेको छ ।

समितिले आव २०७९/८९ को बजेट वक्तव्यमा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी भएको व्यवस्थालाई कार्यन्वयन गर्न बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघुबीमाको स्थापनाको लागि आवेदन माग गरेको थियो ।

प्रस्तावकले पेस गरेका प्रस्तावहरूमध्ये समितिबाट तयार हुने मूल्याङ्कनका आधारहरूमा उच्चतम अङ्क प्राप्त गर्ने जम्मा ७ वटा(३ जीवन र ४ निर्जीवन बीमा) बीमाका प्रस्तावहरूलाई छनौट गर्ने समितिले जनाएको छ ।

समितिले प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रूपैयाँ तोकेको छ ।

समितिले लघुबीमा कम्पनी स्थापना गर्न लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ नै जारी गरेको छ ।

समितिद्धारा जारी निर्देशिकामा लघुबीमा कम्पनीमा संस्थापक समूहको तर्फबाट कम्तीमा ५१ प्रतिशत पुँजी लगानी भएको हुनुपर्नेछ । सर्वसाधारणलाई कुल चुक्ता पुँजीको ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । लघुबीमकले आफनो कमचारीको लागी चुक्ता पुँजीको ५ प्रतिशतसम्म सेयर छुट्याउन सक्नेछन् ।

लगानीकर्ता संगठित संस्था भएमा सोको पुँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पुँजीको १५ प्रतिशत वा सो भन्दा कम स्वामित्व हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्रस्तावकले लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय गर्ने गरी छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ ।

संस्थापकले यसअघि कुनै बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र संचालक समितिमा प्रतिनिधित्व गरेको भए सो समेत खुल्ने गरी विवरणमा उल्लेख गर्नुपर्ने छ ।

प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै बीमकमा प्रति हिस्सेदारी (क्रसहोल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानीकर्ता संस्थापक रहन पाउनेछैनन् ।

प्रस्तावित लघुबीमकको कर्पोरेट कार्यालय काठमाडौ उपत्यका बाहिर अवस्थित हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।

छनौट भएका प्रस्तावमध्ये समिति कुनै खास प्रदेशमा मूख्य कार्यालय रहने गरी तोक्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

दुर्गम, ग्रामिण तथा शहरी क्षेत्रको सीमान्तीकृत तथा न्यून आय भएका समुदायलाई लक्षित गरी लघुबीमा सेवाको प्रवाह गर्ने, लघुबीमा सेवाकाल लागि सेवाग्राहीहरूको रूपमा न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमाको सेवा प्रवाह गर्ने व्यवस्थालाई सुदृढ गर्ने लगायतका सर्तहरू निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार ००:००  १ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping