
काठमाडौं । नेपाल सरकारले श्रीमान-श्रीमती दुबैले चाहेमा जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्नेछन् । सरकारले कानूनबमोजिम अंश लिई वा मानो छुट्टिई श्रीमान-श्रीमती भिन्न बसेको अवस्थाबाहेक श्रीमतीले श्रीमानको मन्जुरी नलिइ लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा श्रीमानले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ ।
श्रीमतीले श्रीमानलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, अंगभंग हुने वा अरु कुनै ठूलो शारिरीक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा वा अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा श्रीमानले सम्बन्ध विच्छेद गर्न सक्नेछन् ।
त्यस्तै, सरकारले श्रीमतीले पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले श्रीमतीको हकमा पनि मन्जुरीबिना लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ ।
श्रीमानले श्रीमतीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, अंगभंग वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, श्रीमानले अर्को विवाह गरेमा, अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र श्रीमतीलाई जबरजस्ती करणी गरेको ठहरेमा श्रीमतीले सहजै सम्बन्ध विच्छेद गर्न सक्नेछन् ।
तर, सम्बन्ध विच्छेद गर्नुअघि सबैभन्दा अगाडि अंशबण्डाको कुरा आउने गर्छ । सरकारले पनि अंशवण्डा गरेपछि मात्रै सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले, अधिकांश सम्बन्ध विच्छेद हुनुअघि अंशवण्डामा कुरा नमिलेर विभिन्न घट्ने घट्दै आएको छ ।
त्यसैगरी, सम्बन्ध विच्छेद हुनुअघि कसरी अंशबण्डा हुन्छ त ? यो सामग्रीमा यस विषयमा स्पष्ट पार्न खोजिएको छ । सरकारले श्रीमानको कारणबाट श्रीमान श्रमतीबीच सम्बन्ध विच्छेद हुने अवस्थामा श्रीमानले माग गरेमा सम्बन्धित अदातले सम्बन्ध विच्छेद गर्नुअघि अंशबण्डा गर्न लगाउनुपर्नेछ ।
यसमा सगोलको सम्पत्ति श्रीमान श्रीमति दुबैको नाममा वा श्रीमान श्रमतीमध्ये कुनै एकको नाम रहेछ भने सम्बन्ध विच्छेद हुनुअघि निजहरुबीच कानून बमोजिम त्यस्तो सम्पत्तिको अंशबण्डा गर्ने व्यवस्था छ ।
सम्बन्ध विच्छेद हुने श्रीमानले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको भए अदालतले दुबै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरुबाट अंशको फाँटवारी माग गरी श्रीमान श्रीमतीको अंशबण्डा हुन्छ ।
तर, अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि श्रीमानको सम्पत्ति र आयस्ताको आधारमा श्रीमानबाट श्रीमतीलाई मासिक खर्च भराई दिनुपर्छ ।
त्यसैगरी, सम्बन्ध विच्छेद हुने श्रीमानले अंश लिई श्रीमानसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराई लिन चाहेमा अदालतले पतिका सम्पत्ति वा आम्दानीको आधारमा पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिकरुपमा रकम वा खर्च भराई दिन सकिन्छ ।
तर, अंशवण्डा नहुँदै श्रीमती अर्को विवाह गरेमा अंश पाउँदैनन् । साथै, एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिकरुपमा रकम वा खर्च भराई दिनुपर्ने छैन ।
अंशबण्डा गर्नुपर्दा कुनै सम्पत्ति नभई श्रीमान अंश नपाएकी श्रीमतिले श्रीमानबाट खान लाउन खर्च भराउन चाहेमा र श्रीमानको आम्दानी भएमा अदालतले पत्नीबाट विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भराई दिन सक्नेछ । तर, श्रीमतीले अर्को विवाह गरेमा र श्रीमानको भन्दा श्रीमतीको आम्दानी बढी भएमा खर्च दिन पर्ने छैन ।
त्यस्तै, श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद हुँदा श्रीमतीले पाउने अंश वा खर्चको सम्बन्धमा श्रीमान श्रीमतीबीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ । तर, नाबालिकको हित विपरित हुने गरी कुनै सहमति गर्न सकिने छैन ।
सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व श्रीमानबाट भएको सम्पत्ति त्यस्ता श्रीमानलेर अन्य सम्पत्ति माइतीपट्टीका हकवालाले पाउने व्यवस्था गरेको छ ।
SHARE YOUR THOUGHTS