विराटनगरमा उद्योग संगठन मोरङले कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने « Eglish Khabarhub

विराटनगरमा उद्योग संगठन मोरङले कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने


१४ आश्विन २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) विराटनगरमा आयोजना गर्ने भएको छ । प्रदर्शनी आगामी २०७९ साल २९ मंसिरदेखि ६ पुससम्म सञ्चालन गरिने भएको हो ।

आमसरोकारवालाहरुमा जानकारी गराउने उद्देश्यका साथ बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारीका बारेमा जानकारी गराइएको छ । सातौं चरणको सो प्रदर्शनी यसपटक विराटनगर महानगरपालिका १४ स्थित स्नातकोत्तर क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा आयोजना गर्न लागिएको उद्योग संगठन मोरङ उपाध्यक्ष तथा व्यवस्थापन मूल समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । यसअघि त्यस्तो प्रदर्शनी विराटनगर २ शंकरपुरमा आयोजना गरिंदै आएको थियो ।

संयोजक दुलालका अनुसार, प्रदर्शनीमा ४१५ वटा स्टलहरु रहनेछन् । कृषि तथा कृषि उद्यम, घरेलु तथा साना उद्योग, उत्पादनमूलक औद्योगिक उत्पादन र उत्पादनको प्रकृया, व्यावसायिक विकास सेवाहरु, आपूर्ति श्रृङ्खलाका कर्ताहरु, नवीनत सोच एवं प्रविधिमा आधारित उद्योगहरु, अन्तर्राष्ट्रिय एवं सेवामूलक, अटोमोवाइल्स, खाद्य परिकार, सूचना एवं शिक्षामूलक क्षेत्रबाट प्रदर्शनीमा सहभागिता रहनेछ ।

भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइलैण्ड, चीनलगायतका मुलुकबाट कन्जुमर तथा कर्पोरेट स्टलहरु रहने गरी तयारी अघि बढाइएको छ । प्रदर्शनीमा मोरङ, सुनसरी, झापा, प्रदेश १ का सर्वसाधारण, संघ, प्रदेश र स्थानीय सरकारका उच्चपदस्थ नीति निर्माताहरु, उद्योगी/व्यवसायीहरु, विद्यार्थीहरु, कृषकहरुको सहभागिता हुने अपेक्षा राखिएको छ।

छिमेकी मुलुक भारत बिहारको सिमावर्ती क्षेत्रबाट समेतबाट गरी ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा ५० करोड रूपैयाँभन्दा बढीको प्रत्यक्ष एवं अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनी आयोजनाका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । र, उक्त खर्चको व्यवस्थापन प्रायोजक, स्टल बिक्री, टिकट बिक्री तथा संघ, प्रदेश र स्थानीय सरकार र अन्य विकास साझेदारहरुसंगको सहकार्यबाट व्यवस्थापन गरिने योजना रहेको छ ।

प्रदर्शनी आयोजनाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, स्विस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनासँग प्रवद्र्धकका रुपमा सहकार्य गरिएको छ ।

सहयोगी संस्थाका रुपमा मोरङ व्यापार संघ र विराट ब्यापार संघ रहेका छन् । त्यसैगरी, कार्यक्रमको मूख्य प्रायोजकमा खुकुरी रम रहेको छ । साथै गोल्ड स्पोन्सरमा म्याजिक फुटवेयर, सिल्भर स्पोन्सरमा बागमती प्लाष्टिक अहिलेसम्म निश्चित भइसकेको र अरु कम्पनीहरु आउने क्रम जारी रहेको छ ।

त्यस्तै, एक्स्पोलाई परिणाममुखी र अर्थतन्त्रका सबै क्षेत्रहरुले फाइदा लिने अवसर प्रदान गर्ने गरी डिग्री क्याम्पस विराटनगर, नाडा प्रदेश नं १ र मोरङ एवं नेपाल युवा उद्यमी मञ्च, होटल एशोसिएसन नेपालजस्ता संघ संस्थाहरुसँग सहकार्य एवं समन्वय गरिएको छ । कार्यक्रमलाई भब्य र नतिजामुखी बनाउन मूल आयोजक समिति एवं विभिन्न १५ वटा समितिहरु गठन गरी तयारीलाई तिब्रता दिइएको छ।

संघका अध्यक्ष सुयश प्याकुरेलले यसपटक विराट एक्स्पोको सातौं संस्करणका रूपमा आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीका रुपमा आयोजना गर्न लागिएको बताए ।

अध्यक्ष प्याकुरेलका अनुसार, यसअघि २०७९ माघ २६ देखि फागुन ३ गतेसम्म आयोजना गर्ने समय तय भई सार्वजनिक गरिएको थियो । अन्य केही संघ सस्थाहरुले सोही मितिको सेरोफेरोमा प्रदर्शनी आयोजना गर्ने सार्वजनिक गरेका थिए । सोही कारण समान प्रकृतिका गतिविधि एकै स्थानमा एकै समयमा गर्दा त्यसको उपादेयताको सान्दर्भिकता नहुने भयो ।

संगठनले आफ्नो ऐतिहासिक पहिचान एवं गरिमा बोकेको कार्यक्रमलाई निरन्तरता दिने गरी र अन्य संघ संस्थाहरुलाई समेत प्रदर्शनी आयोजना गर्न असर नपर्ने गरी तोकिएको मितिभन्दा करिब २ महिनाअगाडि अर्थात् २०७९ मंसिर २९ देखि पुस ६ गतेसम्म विराट एक्स्पो आयोजना गर्ने निश्चय गरिएको छ ।

स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्याउने संगठनको उद्देश्य रहेकको छ । २०५३ सालमा कोशी महोत्सवबाट प्रारम्भ गरेको प्रदर्शनीको ऐतिहासिकताको निरन्तरतास्वरुप संगठनले समयानुकूल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि दुई वर्षको अन्तरालमा विराट एक्स्पोको ब्राण्डमा बृहत् औद्योगिक प्रदर्शनी सञ्चालन गर्दै आएको छ ।

विराट एक्स्पोको सातौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीहरुमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान तथा ब्राण्ड स्थापना गर्न सफल भएको दाबी गरिएको छ ।

कृषि, कृषि उद्यम, उद्योग, पर्यटन लगायत समग्र प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासमा योगदान गर्न उत्पादक, उपभोक्ता र मूल्य श्रृङ्खलाको परिधि भित्रपर्ने समग्र व्यावसायिक सेवा प्रदायकहरुलाई आफ्नो उत्पादन तथा सेवाको बिक्री वितरण तथा प्रचार प्रसारका लागि साझा मञ्च उपलब्ध गराइ बजार प्रवद्र्धन गर्नु विराट एक्स्पो २०७९ को प्रमुख उद्देश्य रहेको जनाइएको छ । ।

यसखाले प्रदर्शनीका माध्यमबाट उत्पादक र उपभोक्ताबीच अनुभव आदान प्रदान, व्यावसायिक सम्बन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।

त्यस्तै कृषि उत्पादनको व्यवसायीकरण र पर्यटकीय क्षेत्रको एवं नयाँ गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । नवप्रवद्र्धक स्टार्टअपहरुको व्यावसायिक विकासमा सहयोग पुर्याउँदै स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यसपटक प्रदर्शनीको विशेष आकर्षकका रुपमा कृषि र कृषि प्रविधिहरु, औद्योगिक मिलमेशिनरी तथा प्रत्यक्ष उत्पादन पद्धतिको प्रदर्शनी, आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल हुने आशा राखिएको छ ।

त्यस्तै अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तब्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाका परिकारको व्यवसायीकरणका लागि खाना उत्सव, बिजनेश टु बिजनेश सम्बन्ध स्थापित गर्न प्रदेश १ का सबै जिल्लाहरुको दैनिक जिल्ला विशेष, सेन्ट्रल डिजिटल डिस्प्ले कार्यक्रमहरुको आयोजना गरिंदैछ ।

व्यावसायिक नेटवर्क स्थापनामा सहयोग पुग्ने गरी बिजनेश र साधारण प्रवेशको व्यवस्था यसपटक मिलाइने छ । प्रदर्शनीको आकर्षणका रुपमा रहेको साङ्गीतिक कार्यक्रमलाई दैनिक सञ्चालन गरिनेछ ।

सामाजिक, सास्ंकृतिक एवं मनोरञ्जनलगायतका क्षेत्रको प्रवर्धन गर्दै आर्थिक गतिविधि र विकासमा टेवा पु¥याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको यस विराट एक्स्पोले प्रदेशकै गौरव र प्रतिष्ठा अभिवृद्धि गर्ने ठानिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ००:००  ७ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping