महानगरले दशैंमा सरसफाई र फोहोर व्यवस्थापन नियमित गर्ने « Eglish Khabarhub

महानगरले दशैंमा सरसफाई र फोहोर व्यवस्थापन नियमित गर्ने


१६ आश्विन २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं पर्वको समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ ।

वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईका अनुसार कर्मचारीको बिदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।

‘स्थानीयहरुले अष्टमीदेखि एकादशीसम्मका ४ दिन ल्याण्डफिल साइट बन्द गर्न अनुरोध गर्नुभएको छ । यसैअनुसार आज हामीले सहरको फोहोर संकलन गरेका छौँ । तर, साइटमा पठाएका छैनौँ । दशैंमा कर्मचारीहरुलाई पनि आलोपालो खटाउनु पर्ने हुन्छ । त्यसैले निश्चित जनशक्ति परिचालन गरेर सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्छौँ’ विभागका प्रमुख राईले भनिन्, ‘सफाईकर्मीलाई पर्व मनाउने अवसर उपलब्ध गराउन महानगरबासीको पनि योगदान रहन्छ । यसका लागि हामी अनुरोध गर्न चाहन्छौँ, कम फोहोर उत्पादन गरिदिनोस्, उत्पादित फोहोरलाई बर्गीकरण गरेर राख्नोस्, सफाईकर्मी नआउञ्जेल घरबाहिर फोहोर ननिकाल्नोस् ।’

विभागले दशैंका लागि सडक, मठमन्दिर, चोकलगायत सार्वजनिक स्थलहरुको विशेष सरसफाइ गरिरहेको छ । सरसफाईका लागि आज पनि कर्मचारीहरु बढार्ने, झार उखेल्ने तथा गोडमेल गर्ने, पानी तथा चुन छर्किने काम भइरहेको छ । वडाहरुको ८ वटा समूहमा विभाजन गरेर त्यस क्षेत्रको फोहोर व्यवस्थापनमा सहभागी निजी कम्पनी तथा संघ संस्थालाई सहभागी गराएर सरसफाई चलाइएको हो ।

सहरको फोहोर व्यवस्थापनमा आवद्ध निजी तथा गैरसरकारी कम्पनी तथा संघ संस्था पनि ल्याण्डफिल साइट सञ्चालन भए कामलाई निरन्तरता दिने बताएका छन् । ‘महानगरले दिएको निर्देशन पालना गर्छौँ’ नेप्सेम्याकका अध्यक्ष टीका दाहालले भने, ‘हामीले कर्मचारीहरुको विदालाई सिफ्टमा आलोपालोमा मिलाएका छौँ । संकलित फोहोर व्यवस्थित गर्न हामी हाम्रा संयन्त्र परिचालन गर्न सक्छौँ ।’ दाहालले भन्नुभयो, ‘हामीले फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोर छुट््याएर छुट्टाछुट्टै प्लाष्टिक वा बोरामा राख्न अनुरोध गरेका छौँ । फोहोर ढुवानी गर्दा प्रकृतिअनुसार फरकफरक दिन र सवारीमा गर्छौँ ।’ दशै अवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार ००:००  ११ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping