गाउँघर भरिदै, सहर रित्तिदै « Eglish Khabarhub

गाउँघर भरिदै, सहर रित्तिदै


१७ आश्विन २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

गण्डकी । दशैंको टिकाको दिन नजिकिँदै गर्दा पोखराको सहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए ।

दशैंका लागि बिक्रीमा ल्याइएका खसी तथा च्याङ्ग्राको ब्यापारका मुख्य केन्द्रहरू टुँडिखेल, खसीबजार लगायतमा फुलपातिका दिनसम्म मानिसहरूको भीडभाड रहेपनि ती स्थानमा पनि चहलपहल घट्दै गएको छ ।

दशैंका लागि पोखरामा विगतमा भन्दा कम सङ्ख्यामा च्याङ्ग्रा आएको र मूल्य पनि विगतमा भन्दा महङ्गो भएपछि यस पटक खसी तथा बोकाको व्यापार बढेको व्यापारीहरू बताउँछन् । पोखरा आसपासका गाउँबाट जिउँदो खसी बोका रु छ सय ५० देखि सात सय ५० रुपैयाँसम्म खरिदबिक्री भइरहेको छ ।

बजार क्षेत्रमा चहपहल कम हुँदै गएका अवस्थामा पोखरा आसपासका मठमन्दिरमा भने भीडभाड कायमै छ । नवदुर्गालाई लक्षित गरी पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सञ्चालन गरिएको छ । पोखरा आसपासका विभिन्न शक्तिपीठमा नवदुर्गालाई लक्षित गरी नवदुर्गा महोत्सव एवं विशेष पूजा गरिएको छ ।

पोखरा आसपासका कास्कीकोट, भरतपोखरीको कोटभैरव मन्दिरमा दसैँ विशेष पूजाआजा चलिरहेको छ । भरतपोखरीको कोटभैरव मन्दिरमा मल्लकालीन परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि घटस्थापना गरी निरन्तर पूजाआज भइरहेको कोटभैरव मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।

मन्दिरमा विधिवत् फुलपाति भित्र्याइएको र आज महाअष्टमी विशेष पूजाका साथै कालरात्रि गरिने उनले जानकारी दिए । मन्दिरमा महानवमीको पूजासँगै विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउने प्रचलन छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार ००:००  २ : ४१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping