![](https://internal.appharu.com/wp-content/uploads/2022/10/jiobook-768x461.jpg)
काठमाडौं । भारतीय टेलिकम्युनिकेसन कम्पनी रिलायन्स जियोले आफ्नो पहिलो ल्यापटप सार्वजनिक गरेको छ । ‘जियोबुक’ नाम दिइएको उक्त ल्यापटप भारतीय बजारलाई ध्यानमा राख्दै न्युन मूल्यमा सार्वजनिक गरिएको हो ।
भारतीय सरकारको ई–मार्केटप्लेसमा जियोको ल्यापटपको विशेषता र मूल्य सार्वजनिक गरिएको छ । २ जिबि ¥याम भएको यो ल्यापटपको हालको मूल्य १९ हजार ५ सय भारतीय रुपैयाँ रहेको छ ।
हाललाई भारतका सरकारी निकायहरु समक्षमात्रै विक्रीका लागि राखिएको यो ल्यापटप दिपावलीपछि भने सार्वजनिक रुपमै किन्न मिल्नेछ । ल्यापटपमा ८ घण्टा टिक्ने ब्याट्री, ३२ स्टोरेज, स्नेपड्रागन ६६५ अक्टाकोर प्रोसेसर र ११.६ इन्चको एचडी एलइडी डिस्प्ले रहेको छ ।
ल्यापटपलाई न्युन मूल्यमा राखेर सार्वजनिक जनताका लागि पनि सर्वसुलभ बनाइएको जियोले बताएको छ ।
प्रतिक्रिया