![](https://internal.appharu.com/wp-content/uploads/2017/05/bidhya-bhandari.jpeg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।
उनले आइताबार बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बधनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन, एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
उनले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयक प्रमाणिकरण गरेकी हुन् । बीमा विधेयक प्रमाणीकरण भएसँगै बीमा ऐन २०७९ कार्यान्वयनमा आउने भएको छ । बीमा ऐन २०७९ मा बीमा समिति अब बीमा प्राधिकरण बन्नेछ । समिति प्राधिकरण बनेपछि पुरानो ऐन खारेजी हुने र नयाँ ऐन कार्यान्वयनमा जानेछ ।
बीमा विधेयक अर्थ समितिमा २०७५ सालमा दर्ता भएको पुरानो विधेयक हो । राजनीतिक दलका नेताको स्वार्थका कारण विधेयकका विषयमा समितिमा सयमा नै दफावार छलफल हुन सकेको थिएन । जसले गर्दा संसदले दुवै सदनमा जान समेत सकेको. थिएन । करिब ४ वर्षको विवादपछि अर्थसमितिले छलफल टुंग्याएर उक्त विधेयक संंसदमा पठाएको थियो । संसदका दुवै सदनबाट पारित भएसँगै राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छिन् । यो सँगै बीमा ऐन २०७९ कार्यान्वयनमा आएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/beema-730x768.jpg)
SHARE YOUR THOUGHTS