चामल वितरण गरेपछि शहरी विकास मन्त्री मेटमणी चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण « Eglish Khabarhub

चामल वितरण गरेपछि शहरी विकास मन्त्री मेटमणी चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्री चौधरीले निर्वाचन आचारसंहित विपरित आफ्नाे निर्वाचन क्षेत्रमा चामल वितरण गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले मन्त्री चौधरीलाई पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ ।

आयोगले मन्त्री चौधरीलाई सोधेको पत्रमा भनेको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड न मा कनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कनै कार्य नहने भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पिडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?’

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने भन्ने व्यवस्था रहेकोमा तपाईंले सो व्यवस्था विपरित आफ्नो निर्वाचन क्षेत्रका बाढी पिडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नु भएको छ, छैन ?’ स्पष्ट पार्न निर्देशन दिइएको छ ।

Publish on: