![](https://internal.appharu.com/wp-content/uploads/2018/10/US_dollars.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि विदेशी मुद्राको सञ्चिति घटेको छ ।
नेपाल राष्ट्र बैंकका एक अधिकारीकाअनुसार भदौमा विदेशी मुद्राको सञ्चिति २ करोड डलरले घटेको हो । राष्ट्र बैंककाअनुसार साउन मसान्तमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४२ करोड डलर थियो ।
असारमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति साउनमा १२ करोड डलरले घटेको थियो ।
भदौंमा विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको उनले जानकारी दिए ।
‘ब्याजदर बढेर १५÷१६ प्रतिशत पुग्दा समेत विदेशी मुद्राको बढ्न सकिएको छैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तर, विदेशी मुद्राको सञ्चिति घट्ने दर रोकिनु पनि सकारात्मक हो ।’
SHARE YOUR THOUGHTS