![](https://internal.appharu.com/wp-content/uploads/2022/10/dish-home-768x576.jpg)
काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् ।
डिसहोमको यो अफरमा सहभागी हुने मध्ये हरेक हप्ता एक जनाले नगद एक लाख जित्न सक्ने कम्पनीले जनाएको छ ।
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउने छन् ।
यसै क्रममा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका निवासी दाहालले एक लाख जितेका हुन् ।
श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर राजेश थापा मगरकोबाट एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।
डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले दाहाललाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS