![](https://internal.appharu.com/wp-content/uploads/2022/10/haade-okkhar-768x496.jpg)
काठमाडौं । तिहार नजिकिँदै गर्दा अहिले हरेक ठाउँ तथा घरहरु झिलिमिली बत्तीले सजिन थालेको छ । तिहारमा झिलिमिली बत्ती, फूलमाला र ड्राई फ्रुटको उच्च खपत हुने गर्दछ ।
त्यस्तै, तिहारमा ड्राई फ्रुटमध्ये सबैभन्दा बढी खपत हुने ओखर हो । तिहारमा दुई प्रकारको ओखर बिक्री हुने गर्छ । जसमा एउटा हाँडे (ओखर विशेषगरी तिहारमा प्रयोग हुने) र अर्को (खाने ओखर) ।
त्यसैले, बजारमा सोहीअनुसार व्यापारीहरुले तयारी गरेको देखिन्छ । अहिले बजारमा प्रतिकेजी खाने ओखरको मूल्य प्रति केजी ५५० रुपैयाँदेखि ६०० रुपैयाँसम्म कायम गरिएको छ ।
नेपालमा खपत हुने अधिकांश ओखर विदेशबाट आयात गरी बजारमा आपूर्ति गर्दै आएको छ । त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले ५ करोड रुपैयाँको ओखर आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा ५ करोड २ लाख ८० हजार रुपैयाँको १ लाख ५९ हजार ६४६ केजी ओखर आयात गरेको छ ।
नेपालले उक्त आयातित ओखरबाट २ करोड १५ लाख ९३ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । नेपालले सो अवधिमा चीनबाट मात्रै ओखर आयात गरेको छ ।
SHARE YOUR THOUGHTS