काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले आगामी आम निर्वाचनमा आफूलाई कांग्रेसले टिकट नदिएपछि एमालेले टिकट दिने प्रस्ताव गरेको खुलासा गरेका छन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा उनले यस्तो खुलासा गरे ।
मलाई कांग्रेसले चितवनबाट संसदको टिकट नदिएपछि एमाले अध्यक्ष केपी ओलीजीले काठमाडौं क्षेत्र नं. ७ बाट उठ्न प्रस्ताव गर्नुभएको थियो,’ वाग्लेले भने ‘तर, मैले अस्वीकार गरेँ ।’
तत्काल आफू जनमत निर्माण गर्ने र नयाँ नयाँ मतदातासँग अन्तरक्रिया गर्ने उदेश्यअनुरुप काठमाडौं क्षेत्र नं. ४ बाट अभियान शुरु गरेको उनले सुनाए ।
‘ओलीजीले काठमाडौं ७ बाट कांग्रेसको उम्मेद्वार छैन, एमालेले उम्मेद्वारी फिर्ता गर्छ, तपाईं एमालेको उम्मेद्वार हुनुहोस् २०० प्रतिशत सांसद बन्नुहुन्छ भन्नुभएको थियो,’ उनले भने, ‘रवि लामिछानेको पार्टीले पनि चुनाव लड्न प्रस्ताव गरेको थियो तर मैले राजनीतिक संस्कारका आधारमा चुनाव लड्न पार्टी परिवर्तन गरिँन । किनभने, म तीनपुस्ते कांग्रेस हो ।’
SHARE YOUR THOUGHTS