वायु सेवा निगमको दिल्ली उडान रद्द गर्ने प्राधिकरणको निर्णय, भैरहवाबाट उडान गर्न दबाब « Eglish Khabarhub

वायु सेवा निगमको दिल्ली उडान रद्द गर्ने प्राधिकरणको निर्णय, भैरहवाबाट उडान गर्न दबाब


१३ कार्तिक २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको उडान अनुमति रद्द गरेको छ।

प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नगरेको भन्दै आइतबार दिल्ली जान लागेको विमानको उडान अनुमति रद्द गरेको हो ।

गत साता प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनभन्दा बढी उडान गर्न भैरहवाबाट कम्तिमा एउटा उडान गर्नै पर्ने नियम बनाएको थियो ।

नोभेम्बर १ बाट लागू हुने विन्टर सेड्युलका लागि निगमले भैरहवामा उडान गर्ने गरी योजना पेस नगरेको भन्दै प्राधिकरणले काठमाडौंबाट तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्न रोक लगाएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला नेपाल वायु सेवा निगममात्रै नभएर सबै कम्पनीले काठमाडौंबाट दैनिक तीनभन्दा बढी उडान गर्न भैरहवाबाट एउटा उडान गर्नै पर्ने बताउँछन् ।

नोभेम्बर १ बाट विन्टर सेड्युल लागू गर्ने तयारी गरेको प्राधिकरणले आइतबारबाटै उक्त सेड्युल लागू गरेपछि आज दिउँसो १:४५ मा काठमाडौंबाट दिल्ली जाने निगमको उडान रद्द गरेको हो । उक्त उडान रद्द गरेपछि २४७ जना यात्रु अलपत्र परेका छन् ।

निगमको विमानबाट दिल्ली हुँदै जापान जान लागेका १०० यात्रुसमेत प्राधिकरणको निर्णयले अलपत्र परेका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न नेपाली वायु सेवा कम्पनी नेपाल वायु सेवा निगम र हिमालयन एयरलायन्सले समेत चासो नदेखाएपछि प्राधिकरणले भैरहवाबाटै उडान गर्नै पर्ने नियम बनाएको हो ।

प्राधिकरणका प्रवक्ता निरौला डिसेम्बर १५ बाट काठमाडौंमा तीनभन्दा बढी उडान गरिरहेका फ्लाई दुबई, एयर अरेबिया र कतार एयरवेजलाई पनि भैरहवाबाट उडान गर्न पत्राचार गरिएको बताउँछन् ।

‘टिआईएको ट्राफिक व्यवस्थापन र भैरहवा विमानस्थलमा ट्राफिक बढाउने उद्देश्यले प्राधिकरणले यो नियम ल्याएको हो,’ निरौलाले क्लिकमाण्डूसँग भने,‘ भैरहवाबाट एउटा उडान नगर्ने कम्पनीको काठमाडौंबाट तीनवटा भन्दा बढी उडान अनुमति स्वीकृत हुँदैन ।’

प्राधिकरणले दिल्ली उड्नै लागेको विमानको उडान अनुमति रद्द गरेपछि निगमका उच्च अधिकारी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग रुष्ट छन् ।

अधिकारीले निजी वायुसेवा कम्पनीको प्रलोभनमा नेपाल वायु सेवा कम्पनीलाई कमजोर बनाउने गरि भैरहवाबाट उडान गर्नु पर्ने नियम ल्याएको निगमका अधिकारीको आरोप छ ।

‘यात्रु भएको ठाउँबाट हामीलाई विमान उडाउन के समस्या हुन्छ,’ निगमका एक अधिकारी भन्छन्, ‘एउटा विमान पनि दैनिक सञ्चालन नभएको ठाउँबाट जबरजस्ती उडान गर्न लगाएर हुन्छ ?’ हाल भैरहवाबाट जजिरा एयरवेजले सातामा एउटा मात्रै उडान गरिरहेको छ ।

जजिराले भैरहवाबाट दैनिक उडान बन्द गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने गरि काम गर्न उच्च सरकारी अधिकारीलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि मुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा परराष्ट्र सचिव, गृहसचिव, अर्थसचिव, स्वास्थ्य सचिव, श्रम सचिव र क्यानका महानिर्देशक सदस्य रहेको एक समिति गठन भएको थियो ।

उक्त समितिलाई भैरहवाबाटै श्रम स्विकृति, स्वास्थ्य परिक्षण र भिषा सम्बन्धी काम सम्पन्न गर्ने मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) बाट दैनिक ३ वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले भैरहवाबाट पनि एउटा उडान गर्नुपर्ने नियम बनाएको थियो ।

उक्त नियमअनुसार भैरहवाबाट उडान नगरेको भन्दै आइतबार प्राधिकरणले नेपाल वायु सेवा निगमको दिल्ली उडान रद्द गरेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार ००:००  ३ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping