स्नातकोत्तर पास नभएका व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न नपाउने « Eglish Khabarhub

स्नातकोत्तर पास नभएका व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न नपाउने


१४ कार्तिक २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । विश्व विद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक योग्यता हाँसिल गरेका व्यक्ति मात्रै बीमा कम्पनीको सञ्चालक बन्न पाउने भएका छन् ।

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, २०७९ ले विश्वविद्यालबाट उच्च शिक्षा अध्ययन गरेका व्यक्तिमात्रै बीमा कम्पनीको सञ्चालक हुन पाउने व्यवस्था गरेको हो ।

बीमा ऐन, २०७९ को दफा ४९ मा बीमा कम्पनीको सञ्चालकको योग्यता सम्बन्धी व्यवस्था गरेको छ ।

चार्टर्ड एकाउटेण्सी गरेको वा बीमा मौद्रिक, बैंकङ्गि, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न योग्य हुने ऐनमा उल्लेख छ ।

विदेशी वा स्वदेशी बीमक, बैंक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्ति कम्पनीको सञ्चालकमा नियुक्त हुन योग्य मानिने ऐनको दफा ४९ को उपदफा १ मा उल्लेख छ ।

यस्तै, बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र स्वदेशी वा विदेशी बीमक वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा व्यवस्थापन तहमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको व्यक्ति बीमकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुन योग्य हुनेछन् ।

तर, बीमकको सञ्चालक, सञ्चालकको एकाघर परिवारको सदस्य, लेखापरीक्षक, परामर्शदाता तथा बीमकको आधारभुत सेयरधनी वा बीमकसंग वित्तीय स्वार्थ भएको व्यक्ति स्वतन्त्र सञ्चालक हुन पाउने छैनन् ।

२५ वर्ष उमेर पूरा नभएको, शारीरिक तथा मानसिक अस्वस्थताको कारणले सञ्चालक भई सेवा गर्न असमर्थ भएको, प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्थामा रहेको, प्रचलित कानून बमोजिम कालोसूचीमा वरी फुकुवा भएको मितिले ३ वर्ष पूरा भएको, बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभुत सेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी कम्पनीको सञ्चालक हुन नपाउने ऐनले व्यवस्था गरेको छ ।

यस्तै, धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेका वा मर्चेण्ट बैंकर, अन्य बीमकको सञ्चालकको पदमा बहाल रहेको, सेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धित बीमकको नियमावली बमोजिम अयोग्य रेहको, सञ्चालक हुनको लागि लिनुपर्ने न्यूनतम सेयर नलिएको, सार्वजनिक पद धारण गरेको वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था, प्रधिरकण, बोर्ड, बीमक वा बैंक वा वित्तीय संस्थाको बहालवाला कर्मचारी कम्पनीको सञ्चालक बन्न अयोग्य हुनेछन् ।

तर, नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले सेयर खरिद गरेका फरक किसिमको बीमकमा सञ्चालक मनोनीत गर्न यस व्यवस्थाले बाधा नपुर्याउने ऐनमा उल्लेख छ ।

यस्तै, प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर चुक्ता नगरेको, चोरी, ठगी किर्ते, जालसाजी भष्ट्राचार, नैतिक पतन देखिने कुनैपनि फौजदारी कसुर, बीमा, बैकिङ्ग वा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको ५ वर्ष पूरा नभएको, प्रचलित कानून बमोजिम नियमनकारी निकायले कानून विपरित कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको ५ वर्ष पूरा नभएको, अदालतको फैसला बमोजिम लागेको कैद, जरिवाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको र प्राधिकरणको निर्देशन पालना नगरेको कारणबाट प्राधिकरणले कारबाही गरेको मितिले ३ वर्ष पूरा नभएको अवस्थामा समेत बीमकको सञ्चालक बन्न अयोग्य ठहर हुने ऐनले व्यवस्था गरेको छ ।

सरकारले बीमा ऐन, २०७९ राजपत्रमा प्रकाशित गरेको छ । असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ऐन स्वीकृत गरेकी थिइन् ।

राष्ट्रपतिबाट स्वीकृत भएको ३१ दिन भित्र ऐन लागू हुने व्यवस्था छ । जसअनुसार बीमा ऐन कातिक २२ गते दखि लागू हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ००:००  १२ : १४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping