खाद्यान्न आयात ५० प्रतिशतले घट्यो, भारतले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा आयातमा उच्च प्रभाव « Eglish Khabarhub

खाद्यान्न आयात ५० प्रतिशतले घट्यो, भारतले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा आयातमा उच्च प्रभाव


१५ कार्तिक २०७९, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालको आयातमा १६.२० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १६.२० प्रतिशतले कमी आएको हो ।

बजारमा तरलता अभाव भएको भन्दै विगत लामो समयदेखि आयातमा कडाइ गरेको छ । उक्त कडाइले गर्दा पछिल्लो समय निरन्तर आयात घट्दै गएको देखिन्छ । त्यतिमात्रै नभएर सरकारले विलासिता वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको निर्णयले पनि आयातमा कमी आएको विभागको भनाइ छ ।

त्यस्तै, विभागअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ४८ प्रतिशतले खाद्यान्न आयात घटेको देखाउँछ । हरेक वर्ष आयात बढ्दै गएको अवस्थामा यो वर्षको शुरुवाती देखिनै खाद्यान्न आयातमा कमी आएको देखिन्छ ।

गत वर्ष नेपालले तीन महिनाको अवधिमा १७ अर्ब ७० करोड ६९ लाख ६४ हजार रुपैयाँको ४६ करोड ४९ लाख ६ हजार केजी खाद्यान्न आयात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले ९ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपैयाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात गरेको तथ्याङ्कले उल्लेख गर्छ । जुन ४७.६९ प्रतिशत कम हो ।

गत वर्षको तुलनामा यो वर्ष गहुँ आयात ९६ प्रतिशतले कमी आएको छ । त्यस्तै, सो अवधिमा मकै ४० प्रतिशत, धान ८७ प्रतिशत र धान ३२ प्रतिशतले कम आयात भएको छ । साथै, अन्य खाद्यान्न आयातमा पनि उच्च कमी आएको छ ।

नेपाल चामल, तेल, दाल उत्पादक संघका महासचिव दिपक कुमार पौडेलले बजारमा खपत कम हुँदा आयात कम भएको बताए । उनकाअनुसार बजारमा अहिले तरलता अभाव भएको र खाद्यान्न खपत हुने अधिकांश क्षेत्रको उत्पादन कम हुँदा आयातमा कम भएको हो ।

नेपालले खाद्यान्नको रुपमा विशेषगरी खानाको लागि चामल आयात गर्ने हो । त्यसबाहेक अन्य खाद्यान्न दानालगायत अन्य क्षेत्रमा बढी प्रयोग हुने गर्छ । अहिले खपत हुने क्षेत्रहरुमा उत्पादन कम हुँदै गएकाले खाद्यान्न आयातमा कमी आएको उनको भनाइ छ।

त्यस्तै, अहिलेको समय भनेको खाद्यान्न भित्र्याउने भएकाले पनि आयातमा कमी आउनुको अर्का कारण रहेको उनी बताउँछन् । ‘नेपालमा अब भनेको धान चामल भित्र्याउने समय भएकाले आयातभन्दा उत्पादित वस्तुलाई बढी जोड दिएको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

कुन खाद्यान्न कति आयात ?

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ९ अर्ब २६ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । त्यसमा सबैभन्दा बढी चामल आयात भएको छ । नेपालले तीन महिनाको अवधिमा मात्रै ४ अर्ब ९३ करोड ३२ लाख ५२ हजार रुपैयाँको ८ करोड ६७ लाख ५१ हजार केजी चामल आयात गरेको छ ।

त्यसैगरी नेपालले ४ करोड ८५ लाख २१ हजार रुपैयाँको १४ लाख ४८ हजार केजी गहुँ, ६५ लाख रुपैयाँको १ लाख ५० हजार जौं, ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको ८ करोड २१ लाख १३ हजार केजी मकै र ३८ करोड ७५ लाख ७२ हजार रुपैयाँको १ करोड २८ लाख ८० हजार रुपैयाँ केजी धान आयात गरेको छ ।

त्यस्तै, नेपालले तीन महिनाको अवधिमा २८ करोड २६ लाख ३४ हजार रुपैयाँको ८८ लाख ६५ हजार केजी ब्रोकन राइस, १ करोड १३ लाख ५३ हजार रुपैयाँको ३ लाख ३८ हजार केजी कोदो र १८ करोड ८७ लाख २२ हजार रुपैयाँको ५५ लाख २८ हजार केजी अन्य खाद्यान्न आयात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ३१ करोड १६ लाख रुपैयाँको गहुँ,५ अर्ब ६४ करोड २५ लाख रुपैयाँको मकै, २ अर्ब ८८ करोड ९३ लाख रुपैयाँको धान, ७ अर्ब २१ करोड ९८ लाख रुपैयाँको चामल र ४० करोड ४१ लाख रुपैयाँको ब्रोकन राइस आयात गरेको थियो । साथै, अन्य खाद्यान्न २२ करोड १६ लाख रुपैयाँको आयात गरेको थियो ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा आयात प्रभावित

भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा नेपालको आयात निकै प्रभावित भएको छ । खाद्यान्नमध्ये धान, चामल र मकैपछि सबैभन्दा बढी आयात हुने गरेको गहुँमा भारत सरकारले निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा आयात शतप्रतिशत घटेको छ ।

गत वर्षको तीन महिनाको अवधिमा नेपालले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँको ३ करोड ८० लाख ९२ हजार केजी गहुँ आयात भएकोमा भारत सरकारले निर्यातमा प्रतिबन्ध गर्दा सो अवधिमा ४ करोड ८५ लाख रुपैयाँको १४ लाख ४८ हजार केजी मात्रै पैठरी भएको छ ।

भारत सरकारले गत मे १३ देखि विश्वव्यापी रुपमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारत सरकारले आन्तरिक निकै कम भएको र रुस–युक्रेनको कारण गहुँको विश्वभर मूल्य वृद्धि भएकाले बजारको मूल्य नियन्त्रण गर्न सो निर्णय गरेको जनाएको थियो । साथै, भारत सरकारले आफ्नो खाद्यान्न जोहो गर्नका लागि उक्त निर्णय गरेको थियो । जसले गर्दौ भारतबाट गहुँ निर्यात नहुँदा नेपालको आयातमा प्रत्यक्ष असर देखिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार ००:००  ७ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping