काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन् ।
मतगणना सुरु भएदेखि नै नेकपा एमालेका उम्मेदवार नवराज सिलवालसँग पछि पर्दै आएका राणा पछिल्लो परिणाममा भने झिनो मत अन्तरले अगाडि आएका हुन् ।
राणाले ८५९७ मत प्राप्त गरेका छन् भने सिलवालले ८४३१ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर १६६ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS