![](https://internal.appharu.com/wp-content/uploads/2018/09/Ime-general.jpg)
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सको उक्त प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/image-31-685x768.png)
SHARE YOUR THOUGHTS