
काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.१३ अंकले घटेर १९२९.७० बिन्दुमा रोकिएको छ ।
२२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकाश समूहको उपसूचकमा गिरावट आएको छ ।
विकास बैंकको ४९.९५, होटल १७.५५, उत्पादन तथा प्रशोधन समूहको ३९.४८, माइक्रोफाइनान्स १९.४४, निर्जीबन बीमा २५.१६, अन्य समूहको उपसूचक १७.७६ अंकले घटेको छ । यस्तै बैंकिङ समूहको उपसूचक १.२६, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले बढेको छ ।
कारोबारमा जानकी फाइनान्स, खप्तड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सयपत्री हाईड्रोपावर, सिद्धार्थ इक्विटीका लगानीकर्ताले कमाएका छन् भने युनिलिभर नेपाल, सिक्लेश हाईड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको १२ करोड १६ लाख ८ हजार ५९८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।

SHARE YOUR THOUGHTS