
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर फुकुवा गरेको हो ।
आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त एकआपसमा मर्जरमा जानका लागि सम्झौता भएपनि कारोबार रोक्का भएको थियो । बुधबार भने फुकुवा भएको छ । दुवै संस्थाको भोली बिहीबारदेखि सेयर कारोबार हुनेछ ।


SHARE YOUR THOUGHTS