
काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । जारी रहेको मतगणना अनुसार यो निर्वाचनमा माओवादीको कमजोर प्रदर्शन देखिएको छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म कांग्रेसले ३ वटामा मात्र जित निकालेको छ भने १४ ठाउँमा अग्रता बनाएको छ ।
कांग्रेस, एकीकृत समाजवादीसहितका दलसँग गठबन्धन गरेको माओवादी केन्द्रले काठमाडौंमा जित निकाल्न सकेन भने ललितपुरमा पनि पम्फा भुसाल तेस्रो बनिन् । भक्तपुरमा माओवादीका उम्मेदवार छैनन् ।
अहिलेसम्म बाग्लुङ २ मा देवेन्द्र पौडेल, सिन्धुली २ मा लेखनाथ दाहाल र रुकुम पूर्वमा पूर्णबहादुर घर्ति मगरले मात्र चुनाव जितेका छन् ।
SHARE YOUR THOUGHTS