
काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सम्पन्न मतगणनामा शर्माले जित निकालेका हुन् ।
शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उक्त क्षेत्रमा नेकपा एमालेका अग्नी खरेल दोस्रो स्थानमा देखिएका छन् । उनले २५ हजार ३४९ मत प्राप्त गरेका छन् ।
शर्मा र खरेलबीच १४ हजार २७५ मतको मतान्तर देखिएको छ ।
SHARE YOUR THOUGHTS