
काठमाडौं । युनाइटेड इर्दी मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले मंसिर २८ गतेका लागि १३ औं साधारणसभा बोलाएको छ । उक्त सभाका लागि मंसिर १६ गते बुक क्लोज हुने छ । मंसिर १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने छन् ।

SHARE YOUR THOUGHTS