
काठमाडौं । गोल्छा ग्रुपद्वारा सञ्चालित हुलास वायर उद्योग लिमिटेडको व्यापार २१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २१ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । तर। सन् २०२२ मा ३ अर्ब ८२ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को मात्रै व्यापार गरेको छ ।
त्यस्तै, कम्पनीले सन् २०२० ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ९० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
नेपाली बजारमा चर्चित हुलास ब्रान्डमा स्टिलजन्य वस्तु बिक्री वितरण गर्दै आएको कम्पनीले सन् १९७९ बाट उत्पादन सुरु गरेको थियो । कम्पनी गोल्छा ग्रुपद्वारा सञ्चालित छ । जसमा इशान गोल्छाको २९ प्रतिशत र राज्यलक्ष्मी गोल्छाको १७ प्रतिशत स्वामित्व छ । बाँकी ५४ प्रतिशत पनि गोल्छा परिवार भित्रकै व्यक्तिगत २२ जनाको स्वामित्व रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले हुलास ब्रान्डमा जीआई तार, टीएमटी बार, बार सिट र अन्य मेटल र स्टिलजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ५५ हजार मेट्रिक टन जीआई वायर, ६० हजार मेट्रिक टन टीउमटी बार, ३६ हजार मेट्रिक टन ट्युब मिल्स र १८ हजार मेट्रिक टन गाबिवन बक्स र १६ हजार ८५० मेट्रिक टन रिब्ड/एजबी/बार्ब्ड वायर, कपर अलोइ र जस्तापाता उत्पादन गर्दै आएका छन् ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब २७ करोड ८६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब १९ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीको व्यापार २१ प्रतिशतले घट्दा नाफा पनि घटेको छ । कम्पनीअनुसार सन् २०२१ मा ९.७ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा ६.१ प्रतिशतले मात्रै नाफा कमाएको छ ।
कम्पनीले स्टिलनइ वस्तु उत्पादनका लागि विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS