![](https://internal.appharu.com/wp-content/uploads/2022/12/Bhumi-aayog-balen-768x427.png)
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई तत्काल नहटाउन भनेको छ ।
आयोगले सूचना जारी गर्दै लगत संकलन र प्रमाणीकरणको काम नसकिएसम्मका लागि उनीहरुलाई नहटाउन भनेको हो ।
‘लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुका बस्ती हटाउने र उनीहरु असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न-नगराउन यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।
यता काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरुलाई हटाउन खोजिरहेको छ । मेयर बालेन्द्र शाहको उक्त कदमको कतै विरोध त कतै समर्थन पनि भइरहेको छ । यता बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनारमा भएका सबै अतिक्रमित क्षेत्र खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । शुक्रबार भूमी आयोगले यस्ता क्षेत्र नचलाउनु भनेको छ । अब मेयर शाहले के गर्ने हुन सबैको चासोको विषय बनेको छ ।
SHARE YOUR THOUGHTS