एनआरएन इन्फ्रास्टक्चरको लाभांश घोषणा, बोनस नदिने « Eglish Khabarhub

एनआरएन इन्फ्रास्टक्चरको लाभांश घोषणा, बोनस नदिने



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बोनस भने नदिने भएको छ ।

कम्पनीले उक्त प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले पुस २० गते साधारणसभा बोलाएको छ ।

सभाका लागि भन्दै पुस ५ गते बुक क्लोज गर्ने भएको छ । ४ गतेसम्म कायम रहेको सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

Publish on: