सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि यी हुन् कमाउने र गुमाउने कम्पनी « Eglish Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि यी हुन् कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २४.४६ अंकले घटेर परिसूचक १९३८.७६ बिन्दमा रोकिएको छ ।

२४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको सेयर किनेबच भएको छ । बजारमा गिरावट आएपनि कारोबार रकम भने बढिरहेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैकिङ समूहको ९.७८, विकास बैंक ५३.२१, वित्त कम्पनी ३६.७५, जलविद्युत २५.०८, जीवन बीमा १३५.९२, उत्पादन तथा प्रशोधन १२३.४७, माइक्रोफाइनान्स ५८.५७, निर्जीबन बीमा ९१.९५, अन्य समूहको २८.२७ र ट्रेडिङ समूहको उपसूचक उपसूचक २६.२९ अंकले घटेको छ ।

बजारमा गिरावट आउँदा सयपत्री हाईड्रोपावर, एनआईसी एशिया सेलेक्स फण्ड ३०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१, नारायणी डेभलपमेन्ड बैंकका लगानीकर्ताले कमाएका छन् भने अजोड इन्स्योरेन्स, सिटिजन्स म्युचुअल फण्ड–१, ओरियन्टल होटल, युनाइटेड इन्स्योरेन्स, लिबर्टी इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र नबिल बैंक रहेको छ ।

Publish on: