वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा के गर्ने ? « Eglish Khabarhub

वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा के गर्ने ?



काठमाडौं । धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा जाने नेपालीलाई आरक्षणमा १० प्रतिशत सेयर निष्कानस गर्ने नीति लिएसँगै यसमा आकषर्ण बढ्दै गएको छ ।

धितोपत्र बोर्डले संगठित संस्थाले आईपीओ निष्कासन गर्दा १० प्रतिशत सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको छ ।

यो व्यवस्था कात्तिक १७ गतेदेखि नै लागू भइसकेको छ । बोर्डले यो व्यवस्था लागू गरेपनि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आवेदन दिन केही अन्योलता भएको गुनासो पनि बढीरहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिँदा छुट्याईएको धितोपत्रको सेयर खरिद आवेदन दिँदा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्छ ।

यस्तै सिडिएससिबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही खाता खोल्नु पर्छ ।

सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरि विप्रेषण(रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआरएन (सि– आश्वा रजिष्ट्रेशन नम्बर ) लिनु पर्छ । आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

यस्तै यो व्यवस्था लागू हुनु पूर्व आईपीओ भरेका (सार्वजनिक निष्काशनमा सहभागी भएका) बैदेशिक रोजगारीमा रहेका नेपालीले यो व्यवस्था अनुरूप छुट्याईएको धितोपत्र खरिद आवेदन दिनका लागि फेरि नयाँ हितग्राही खाता खोल्नु पर्दैन ।
तर बैंक खाता भने विप्रेषण (रेमिट्यान्स) बचत खाता नै खोल्नु पर्छ । त्यसैले आफ्नो बैंकमा सम्पर्क गरी आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली उक्त खाताको लागी नयाँ सीआरएन नम्बर लिनु पदर्छ ।

पहिले देखि नै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा पुनः नयाँ विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्दैन । पहिले देखि नै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा आफ्नो बैंकमा सम्पर्क गरी श्रम स्वीकृतिको कागजात पेश गरपश्चात बैकबाट खाताको स्किम परिवर्तन भएको जानकारी प्राप्त गरेपछि सार्वजनिक निष्काशनमा आवेदन दिन सकिन्छ ।

Publish on: