![](https://internal.appharu.com/wp-content/uploads/2019/05/Shivam-Cement_tyk1o1e8xy.jpg)
काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले पुस २९ गतेका लागि सातौं साधारणसभा बोलाएको छ । सभाका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ ।
पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-21-677x768.png)
SHARE YOUR THOUGHTS