![](https://internal.appharu.com/wp-content/uploads/2021/04/HIDCL.jpg)
काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले पुस २६ गतेका लागि ११ औं साधारणसभा बोलाएको छ । सभाका लागि पुस १४ गते बुक क्लोज गर्ने भएको छ ।
पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-23-690x768.png)
SHARE YOUR THOUGHTS