![](https://internal.appharu.com/wp-content/uploads/2021/09/mof-768x440.jpg)
काठमाडौं। अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशक सरूवा गरेको छ ।
विभागको महानिर्देशक रहेका कमल भट्टराईलाई मन्त्रालयमा सरूवा गरेर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका चक्र बुढालाई भन्सार विभागको जिम्मेवारी दिइएको छ।
गत वर्ष भन्दा २३ प्रतिशत कम राजस्व संकलन भएको अवस्थामा विगतमा भन्सारमा काम गरेको अनुभव नै नभएका बुढालाई भन्सार विभागको जिम्मेवारी दिइएको छ ।
यस्तै, अर्थमन्त्री जनार्दन शर्माले बजेट महाशाखा प्रमुखको जिम्मेवारी रितेश शाक्यलाई दिएका छन् ।
आन्तरिक राजस्व विभागको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरूवा भएका शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी दिइएको हो।
भन्सार विभागबाट अर्थ मन्त्रालयमा सरूवा भएका भट्टराईलाई अर्थ मन्त्रालयको वित्तीय समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।
SHARE YOUR THOUGHTS