![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १४.४८ अंकले घटेर १८८२.६० बिन्दुमा रोकिएको छ ।
२५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । कारोबारमा बैंकिङ समूहको ५.२९, विकास बैंक २५.७२, वित्त कम्पनी २३.०२, जलविद्युत २१.४२, जीवन बीमा १०२.१७, उत्पादन तथा प्रशोधन ६४.०८, माइक्रोफाइनान्स ३६.९६, निर्जीबन बीमा समूहको उपसूचक ३८.६४ अंकले घटेको छ ।
कारोबारमा रु रु जलविद्युत परियोजना र इस्टर्न हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै माउन्टेन इनर्जी, धौलागिरी लघुवित्त वित्तीय संस्था, सिगटी हाईड्रो इनर्जीका लगानीकर्ताले कमाएका छन् ।
पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनसीसी बैंकको संस्थापक सेयर रहेको छ । २२ करोड ८९ लाख ४२ हजार रुपैयाँको बैंकको संस्थापक सेयर किनबेच भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-24.png)
SHARE YOUR THOUGHTS