काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
अबदेखि पेट्रोल मूल्य प्रतिलिटर १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँमा बिक्रि हुनेछ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो ।
SHARE YOUR THOUGHTS