![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आएको भएपनि कारोबार रकमले भने साथ दिन सकेको छैन ।
बजार मापन गर्ने सूचक ३.८३ अंकले बढेर परिसूचक १८५८.८९ बिन्दुमा रोकिएको छ । २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ रपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । विकास बैंक १५.९२, वित्त ६, होटल ४.१९, जीवन बीमा २८.५९, उत्पादन तथा प्रशोधन १०.३८, निर्जीबन बीमा १३.२८ अंकले बढेको छ । यस्तै बैंकिङ ०.३५, जलविद्युत १, माइक्रोफाइनान्स समूहको उपसूचक १३.७३ अंकले घटेको छ ।
SHARE YOUR THOUGHTS