५५ कम्पनीले बोलाए साधारणसभा, २१ वटाले हात खाली बनाउँदा कसको कति लाभांश ? « Eglish Khabarhub

५५ कम्पनीले बोलाए साधारणसभा, २१ वटाले हात खाली बनाउँदा कसको कति लाभांश ?



काठमाडौं । सञ्चालनमा रहेका विभिन्न ५५ वटा कम्पनीहरुले पुस महिनामा वार्षिक साधारणसभा बोलाएका छन् । ती कम्पनीहरुमध्ये ३४ वटाले लगानीकर्ताका लागि लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाँदैछन् भने २१ वटा कम्पनीहरुले लगानीकर्ताको हात खाली बनाएका छन् ।

पाँचथर पावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स, प्राइम लाइफ, साइन रेसुङ्गा बैंक, एसबिआई बैंक, हाइड्रोइलेक्ट्रिसिटी, हिमालयन डिष्टिलरी, बोटलर्स (तराई), बोटलर्स नेपाल, यूनाइटेड इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंकले लाभांशको प्रस्ताव सभामा लैजाने भएका हुन् ।

यस्तै, नेपाल दुरसञ्चार, सोल्टी होटल, सिभ्म सिमेन्ट, नेपाल हाइड्रो डेभलपर, आइसिएफसी फाइनान्स, कालिका पावर, सिद्धार्थ इनसयेरेन्स, प्रिमियर इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, सेन्ट्रल फाइनान्स, मन्दाकादिनी हाइड्रोपावर, गुराँस लघुवित्त, पोखरा फाइनानस, फरवाडार्ड माइक्रो फाइनान्स, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र फस्र्ट माइक्रो फाइनान्सले लाभांशको प्रस्ताव सहित साधारणसभा बोलाएका हुन् ।

पाँचथर पावर कम्पनीले सातौं वार्षिक साधारणसभा पुस १८ गते बस्दैछ । सभा होटल इम्पेरियल, काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले ०७८/७९ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कायम सेयरधानीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको दशौ वार्षिक पुस २० गते साधारणसभा अम्रपाली बैक्वेट, भाटभटेनी, काठमाडौ बस्दैछ । सभा बिहान ११ बजेदेखि शुरु हुने छ । उक्त सभाले ०७८/७९ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार पसु ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २१ गते गुनियन हाउस, अनामनगरमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा ११ः०० बजेदेखि शुरु हुनेछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

चन्द्रागिरी हिल्सले पुस २१ गते १३औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको कार्यालय, थानकोटमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभा प्रयोजका लागि कम्पनीले पुस १२ बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस्तै, पुस २१ गते सामलिङ्ग पावर कम्पनीको चौथो वार्षिक साधारणसभा ज्यावगल ब्याङ्क्वेट, ललितपुरमा बस्दैछ ।

पुस २२ गते यूनियन हाइड्रोपावरको १६ औँ वार्षिक साधारणसभा सिद्धार्थ कटेज, ललितपुर, धोविघाटमा बस्दैछ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित ०७८/७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।

कम्पनीले सधारणसभा र लाभांश प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेपाल इन्स्योरेन्स ७४औँ वार्षिक साधारणसभा पुस २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ । सभा ११ बजेदेखि शुरु हुनेछ ।

सभाले ०७८ ÷ ०७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर गरी कुल २०.४२११ प्रतिशत नगद लाभांश अुमादेन गर्नेछ । साधारणभसा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ८ बुक क्लोज गरेको थियो । जसअनुसार पसु ७गतेसम्म नेप्सेमा कायम सेयरधानीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।

विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्टले कम्पनीको कार्यालय परिसर काठमाडौंमा पुस २२ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले ०७८÷०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.०२६३२ प्रतिशत नगद लाभांश अनुमादेन गर्नेछ । लभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सगपत्री हाइड्रोपावर लिमिटेडको छैठौं वार्षिक साधारणसभा सूर्य क्याटरिङ्ग एण्ड पार्टी प्यालेस, धुम्बाराहीमा पुस २३ गते बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गर्नेछ । सभारणसभा प्रयोजका लागिक कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको । सभाले वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

प्राइम लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा पुस २४ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ०.६८४ प्रतिशत लाशांश प्रस्वात पारित गर्नेछ । यस्तै, सभाले यूनियन लाइफसंग एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रस्तावसमेत अनुमोदन गर्नेछ । लाभांश र साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले पस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १४औँ वार्षिक साधारणसभा पुस २५ गते ड्रिमल्याण्ड गोल्ड रिर्सोट, रुपन्देहीमा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट ११.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश, अन्य बैंक तथा वित्तीय संस्थासंग एकआपसमा गाभ्ने/गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

नेपाल एसविआई बैंकको २९औं वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । बैंकले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गर्दैछ ।

त्रिशुली जलविद्युत कम्पनीको ११औं वार्षिक साधारणसभा अम्रपाली बैक्वेट, भाटभटेनी, काठमाडौंमा पुस २६ गते बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्काशन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १७ बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीको नवौं वार्षिक साधारणसभा पुस २६ गते लैनचौर ब्याङ्क्वेट, काठमाडौंमा बस्दैछ । उक्त सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने तथा वार्षिक प्रतिवेदन पारित अनुमोदन गर्नेछ ।

हाइड्रो इलेक्ट्रिीसिटी इन्भेष्टमेन्टले पनि पुस २६ गते नै ११ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले ०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १४ बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हिमालयन डिष्टिलरीको २२औँ वार्षिक साधारणसभा पुस २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, पर्सामा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट ६० प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बोटलर्स नेपाल (तराई)को ३६ औँ वार्षिक साधारणसभा पुस २७ गते होटल गाडिसन, लाजिम्पाट, काठमाडौंमा बस्दैछ । उक्त सभाले ०७८/७९ को मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस्तै, बोटलर्स नेपालले पुस २७ गते होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्दैछ । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव अनुमोदन गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यूनाइटेड इन्स्योरेन्सको २९औँ वार्षिक साधारणसभा पुस २७ गते अनमोल बैडक्वेट, शंखमुल, काठमाडौंमा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरानमा १७ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले आव २०७८÷०७९ को मुनाफाबाट १२.३५ प्रतिशत बोनस सेउयर र ०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि पुस २७ ग तेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

माउन्टेन हाइड्रो नेपालको सातौं वार्षिक साधारणसभा पुस २७ गते कालिमाटि ब्यांक्वेटमा बस्दैछ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रीकको सातौँ वार्षिक साधारणसभा तिसरा रिसेप्सन्स, नक्सालमा बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

नेपाल दूरसञ्चारले १५ औं वार्षिक साधारणसभा राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौं पुस २८ गते बोलाएको छ ।

सभाले ०७८/७९ को मुनाफाबाट ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । साधारणसभा र लाभांश प्रयोजनक लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा पुस २८कम्पनीको कार्यालय, त्रिपुरेश्वरमा बस्दैछ । सभाले २०७८ ÷७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

इमर्जिङ्ग नेपाल लिमिटेडको सातौँ वार्षिक साधारणसभा पुस २८ गते वानेश्वर व्याङक्वेट, थापागाउँमा बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

सोल्टी होटलको ४८औं वार्षिक साधारणसभा पुस २८ गते नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बस्दैछ । सभाले २०७८ ÷७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

शिवम् सिमेन्ट्स लिमिटेडको सातौँ वार्षिक साधारणसभा पुस २९ गते सामना होटलमा बस्दैछ । सभाले १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेपाल हाइड्रो डेभलपर १६औं वार्षिक साधारणसभा पुस २९ गते तिसरा रिसेप्सन्स, नक्सालमा बस्दैछ । उक्त सभाले ०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हिमालयन पावर पार्टनर लिमिटेडले १०औं वार्षिक साधारणसभा पुस २९ गते अम्रपाली बैक्वेटमा बोलाएको छ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

हिमालय उर्जा विकास कम्पनीको २२औं वार्षिक साधारणसभा पुस २९ गते अर्पण ब्यांकेट, काठमाडौंमा बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

आइसिएफसि फाइनान्सले पुस २९ गते १९औं वार्षिक साधारणसभा अमृतभोग, कालिकास्थानमा बोलाएको छ । सभाले आव २०७७/०८९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । फाइनान्सले पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्नेछ भएको छ ।

कालिका पावर कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पारित गर्न पुस २९ गते सधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चिवनमा बोलाएको छ । कम्पनीले पुस १७ गते बुक क्लोज ग र्ने निर्णय गरेको छ ।

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको छैठौं वार्षिक साधारणसभा पुस २९ गते कुण्डलीनी दरवार बैंक्वेट, चण्डोलमा बस्दैछ ।

सिद्धार्थ इन्स्योरेन्सको २१औँ वार्षिक साधारणसभा पुस २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डप, काठमाडौंमा बस्दैछ । उक्त सभाले ०७८/७९ को मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र०.४७३७ प्रतिशत नगद लाभांश पारित गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । कम्पनीले पुस १८ बुक क्लोज गर्ने भएको छ ।

प्रिमियर इन्स्योरेन्सले पुस २९ गते २९औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा तिसरा रिसेप्सन्स, नक्सालमा बस्नेछ । सभाले ०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०.७५ प्रतिशत नगद लाभांश र सिद्धार्थ इन्स्योरेन्ससँग मर्जरमा जनो प्रस्ताव अनुमोदन गर्नेछ ।

आरएमडिसी लघुवित्तको पुस २९ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । सभा एशियन होटल, बुटवलमा बस्नेछ । सभाले आव २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले पुस १५ गते बुक क्लोज गर्ने भएको छ ।
एक्कर्ड फर्मास्यूटिकल्सको दोस्रो वार्षिक साधारणसभा पुस २९ गते बसेरा बुटिक होटल, काठमाडौंमा बस्ने भएको छ ।

मज्जुश्री फाइनान्सको १५औं वार्षिक साधारणसभा पुस २९ गते थापागाउँ ब्याङ्कवेट, नयाँ वानेश्वर, काठमाडौंमा बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८आँै वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा पुस २९ गते बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश ०७८/७९ को मुनाफाबाट २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद लाभांश अनुमादेन गर्ने छ । फाइनान्सले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।

सेन्ट्रल फाइनान्सले २६औं वार्षिक साधारणसभा पुस २९ गते कम्पनीको केन्द्रीय कार्यालय, ललितपुरमा बोलाएको छ । सभाले आव २०७८/७९ को मुनाफाबाट ५ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । फाइनान्सले पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

मन्दाकिनी हाइड्रोपावको नवौँ वार्षिक साधारणसभा पुस २१ गते अनुपम फुडल्याण्ड, बत्तिसपुतलीमा बस्दैछ । सभाले आव २०७८/७९ को मुनाफाबाट ५ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ ।

बुटवल पावर कम्पनीको २०औं वार्षिक साधारणसभा पुस ३० गते कार्की व्याङ्केट, काठमाडौंमा बस्दैछ । सभाले आव २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । कम्पनीले पुस १८ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सिवाईसी नेपाल लघुवित्तको १५औं वार्षिक साधारणसभा पुस ३० गते संस्थाको केन्द्रीय कार्यालय पोखरामा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट ३० प्रतिशत वोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश र अन्य कुनै लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने लगायतका अनुमोदन हुनेछ । लघुवित्तले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।

अजोड इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा यूनाईटेड वल्र्डट्रेड सेन्टर, त्रिपुरेश्वर,काठमाडौमा पुस ३० गते बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्नेछ । कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ ।

गुराँस लघुवित्तले पुस ३० गते भेडेटार भिलेज रिसोर्ट, धनकुटामा सातौँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले ०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१०५२६ प्रतिशत नगद लाभांश र अन्य कुनै लघुवित्त वित्तीय संस्थासंग गाभ्ने गाभिने प्रस्ताव अनुमालेन गर्नेछ । लघुवित्तकले पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

पोखरा फाइनान्सले २६औँ वार्षिक साधारणसभा पुस ३० गते दरबारथोक बैंक्वेट, कास्कीमा बोलाएको छ । सभाले ०७८÷७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश, अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने प्रस्ताव अनुमोदन गर्नेछ । फाइनान्सले पुस १९ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

फरवार्ड माइक्रोफाइनान्सको १०औं वार्षिक साधारणसभा पुस ३० गते बस्दैछ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, सुनसरीमा बस्नेछ । सभाले ०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

साधना लघुवित्तको छैठौं वार्षिक साधारणसभा पुस ३० गते होटल गोरखा बिसौनी, गोरखामा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ । लघुवित्तले पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

समृद्धि फाइनान्स २१औँ वार्षिक साधारणसभा पुस ३० गते होटेल एभोकाडो, मकवानपुरमा बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित, अन्य कुनै वित्तीय संस्थासंग गाभ्ने/गाभिने लगायतका प्रस्ताव पारित गर्नेछ । फाइनानसले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।

नेपाल फाइनान्सको ३०औँ वार्षिक साधारणसभा होटल एल्लो प्यागोडा, काठमाडौमा पुस ३० गते बस्दैछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित, अन्य कुनै वित्तीय संस्थासंग गाभ्ने/गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ । फाइनान्सले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।

मिर्मिरे लघुवित्तले १२औँ वार्षिक साधारणसभा पुस ३० गते योगो बैंक्वेट, भक्तपुरमा बस्दैछ । सभाले ०७८/७९ को मुनाफाबाट २३ प्रतिशत बोनस शेयर, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित, अन्य कुनै वित्तीय संस्थासंग गाने÷गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ । लघुवित्तले पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

सिनर्जी पावर डेभलपमेन्टको १६औं वार्षिक साधारणसभा पुस ३० गते टाइम्स स्क्वायर लाउन्ज, काठमाडौंमा बस्दैछ । मल्टीपर्पस फाइनान्सको २५औं वार्षिक साधारणसभा संस्थाको केन्द्रीय कार्यालय, सप्तरी पुस ३० गते बस्दैछ । सभाले १:०:३५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

फस्ट माइक्रोफाइनान्सले पुस ३० गते १३औं वार्षिक साधारणसभा बोलाएको छ । सभा अम्रपाली बैंक्वेट, भाटभटेनीमा बस्नेछ । सभाले ०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने लगायतका प्रस्ताव अनुमोदन हुने छ । फाइनान्सले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Publish on: