![](https://internal.appharu.com/wp-content/uploads/2023/01/upper-solu-hydro-768x517.jpg)
काठमाडौं । अप्पर सोलु हाईड्रो ईलेक्ट्रीक कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ मा प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १५ लाख ८५ हजार रुपैयाँ बढी भुक्तानी गरेको छ ।
कम्पनीले गत आवमा प्रबन्ध निर्देशकलाई तलब, भत्ता, दशैं खर्च ८५ लाख १४ हजार ९२० रुपैयाँ भुक्तानी गरेको छ । यस्तै सीईओलाई ३० लाख ७० हजार १४८ रुपैयाँ तलब, भत्ता, दशैं खर्च बापत भुक्तानी गरेको छ ।
प्रबन्ध निर्देशक र सीईओलाई करोड बढी भुक्तानी गरेको कम्पनीले लगानीकर्ताको भने हात खाली बनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश दिएको छैन ।
SHARE YOUR THOUGHTS