![](https://internal.appharu.com/wp-content/uploads/2017/01/Weather-Radar-1024x576.jpg)
काठमाडौं । सोमबार देशभरको मौसम मिश्रीत हुने देखिएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको तराइका भू-भागमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
SHARE YOUR THOUGHTS