मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीग मार्टमा तरकारी किन्दा क्युआर मार्फत भुक्तानी गरे १५ प्रतिशत छुट


काठमाडौं । स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गरे १५ प्रतिशत छुट दिने भएको छ ।

उक्त छुट आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।